माधव समुहले राजीनामा नदिएपछि प्रचण्डले स्थायी कमिटी बैठकमा गरे यस्तो ब्रीफिङ
वैशाख ३०, सल्यान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने प्रयासमा धोका भएको ब्रिफिङ गरेका छन् ।

स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले नेता माधवकुमार नेपालले बोल्ड निर्णय नलिँदा गठबन्धन सरकार निर्माण प्रक्रियामा धोका भएको बताएका हुन् ।
‘नेता नेपाल जुन स्प्रिटका साथ अघि बढ्नुभएको थियो त्यसबाट उहाँले बोल्ड निर्णय गर्ने आकलन हामीले गरेका थियौँ । तर उहाँ प्राविधिक कुरामा अल्झिनुभयो र यसपटक पनि बोल्ड निर्णय गर्न चुक्दा नयाँ सरकार गठन प्रक्रियामा धोका भयो,’ प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी समिति सदस्यले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफललगत्तै अध्यक्ष प्रचण्डले स्थायी समिति बैठक बोलाएका थिए । वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विस्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।
त्यसपछि राष्ट्रपतिले ३ दिन भित्र २ भन्दा बढी दलले बहुमत सहित सरकारमा दावी गर्न आह्वान गरेकी थिइन । राष्ट्रपतिले दिएको समय भित्र माओवादी कांग्रेस गठबन्धनले बहुमत पर्याउन सकेन । माधब समुहले राजिनाम नदिएको र जसपाको ठाकुर पक्षले पनि साथ नदिएपछि प्रस्तावित प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत देखाउन सकेनन ।

माधब समुहले कांग्रेस र माओवादी लाई सामुहिक राजिनाम दिएर बहुमत पुर्याउन सहयोग गर्ने वचन दिएको थियो । तर राजिनामा नदिएपछि उनिहरूलाइ बहुमत नपुगेको हो ।
त्यस्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका थिए ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले यस्तो बताएका हुन । ‘राजीनामा दुई/चार दिनलाई टर्यो, कार्यदल बन्छ ’ उनले भने ।

करिब ४ घण्टा वार्तापछि नेपालले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने । र, मिल्ने दिशामा अगाडि बढ्ने कुरा भयो ।’
नेता नेपालले आजै वरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई र गोविन्द बन्दी लगाएत सँग परामर्श पनि गरेका थिए । उनिहरू सांसद पदबाट राजीनामा दिन अहिले नै हतार नगर्न सुझाव दिएका बताइएको थियो ।

राष्ट्रपतिले आज राती ९ बजेसम्मको समय दिएकी थिइन् तर देउवाले बहुमत देखाउन नसकेपछि अब ठुलो दलको हैसियतमा केपि ओली नै प्रम बन्ने निश्चित भएको छ ।







प्रतिकृया दिनुहोस्