May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
माधब पक्षलाई झड्का : सांसद हिराचन्द्र केसी र गंगा चौधरीले राजीनामा नदिने, यस्तो छ कारण

माधब पक्षलाई झड्का : सांसद हिराचन्द्र केसी र गंगा चौधरीले राजीनामा नदिने, यस्तो छ कारण

वैशाख २६, दाङ । नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षकालागि सांसद बनाएकाले बीचमै राजिनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने बताए ।
‘हामीलाई ५ वर्षका लागि जनताले चुनेर पठाएका हुन्, कसैको स्वार्थसिद्धिका लागि म जनमतको अपमान म गर्दिन,’ केसीले भने ।

पार्टी भित्र अध्यक्ष केपी ओलीले गरेका केही गलतको बिरोध गरे पनि आफू पार्टी हित बिपरित नलाग्ने उनले बताए । घनश्याम भुसालले आज फोनमा राजीनामा दिन भनेको र आफूले राजीनामा नगर्ने जवाफ दिएको केसी बताए । उनले एमाले भित्रै रहेर अन्तरसंघर्ष गर्नुपर्ने तर, राजीनामा वा फ्लोर क्रस गरेर राजनीतिक भविष्य बर्बाद पार्न नहुने बताए ।

आफ्नै पार्टीको सरकार ढाल्न सांसदबाट राजिनामा दिनु राजनीतिक अपराध भएको केसीको दावी छ । नेपाल पक्षबाट राजीनामा दिने भनिएका सांसदको सुचीमा केसीको नाम पनि छ ।

गंगा चौधरीले पनि राजिनामा नदिने

त्यस्तै नेकपा एमालेकी नेतृ तथा सांसद गंगा चौधरीले सांसद पदबाट आफ्नो राजीनामा नआउने स्पष्ट पारेकी छिन् ।

केही सञ्चार माध्यममा राजीनामा दिने सांसदको सूचीमा आफ्नो समेत नाम जोडिएकोप्रति आपत्ति जनाउँदै सांसद चौधरीले भनिन्, ‘भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा आउँदैन ।’ त्यस्तै उनले आफुले मुलधारको नेकपा एमाले छोडेर अलपत्र पर्न कतै नजाने बताएकी छिन् ।

उनले भनिन्, ‘म सुरु देखि नै पार्टी एकताको पक्षमा छु। जनताको आघात स्नेह र माया भएको नेकपा एमाले र सूर्य चिह्न छोडेर म कतै जाँदिन र अरु पनि जानु हुँदैन ।’ कठिन परिस्थितिमा सबैले त्याग गरेर नेकपा एमाले संग्लो रुपमा राख्नु पर्ने उनको धारणा छ।

माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजीनामा दिने खबर सार्वजनिक भएपछि सांसद चौधरीले आफ्नो धारणा राखेकी हुन् । खनाल–नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज