May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
उपचुनाव बारे बागमतीका एमाले नेताहरूले निकाले यस्तो निष्कर्ष : होला त बादलको जित ?

उपचुनाव बारे बागमतीका एमाले नेताहरूले निकाले यस्तो निष्कर्ष : होला त बादलको जित ?

वैशाख २५, काठमाडौँ । राष्ट्रियसभा सदस्य बाग्मती प्रदेशको उप-निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जितप्रति आशंका उत्पन्न भइरहेका बेला त्यो जित सुनिश्चत गर्न नेकपा एमाले लागि परेको छ।

संस्थापन पक्षका महासचिव ईश्वर पोखरेलले शनिबार दिउँसो सिंहदरबारमा बाग्मती प्रदेशलाई प्रतिनिधित्व गर्ने बादलसहित प्रभावशाली नेताहरुलाई बोलाएर छलफल गरेका छन्।

उनीहरुको आकंलनमा बाहिर अड्कलबाजी गरेजस्तो बादलको जितको सम्भावना कम छैन, बरु झण्डै सुनिश्चत छ। बादलको प्रतिश्पर्धीको रुपमा काँग्रेस, माओवादी र जसपाले डा. खिमलाल देवकोटालाई उठाएको छ।

स्रोतका अनुसार छलफलमा बादल आफै, एमाले बाग्मती इन्चार्ज आनन्द पोखेरल, शेरबहादुर तामाङ र कृष्ण गोपाल श्रेष्ठलगायत अरु नेताहरु सामेल थिए।

माधवकुमार नेपाल पक्षसहित एमालेको मतभार ५१ सय र सबै प्रतिपक्षी पक्ष मिलाउँदा ३४ सय आउने आंकलन गरिएको छ।

जेठ ६ गते हुने राष्ट्रियसभाको उपचुनावमा एमालेका रामवहादुर थापा बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा स्वतन्त्र उम्मेदवार बनेका छन् । उनलाई कांग्रेस र माओवादीले समर्थन गरेका छन् ।

नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।

उक्त पदपूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन्।

विपक्षी गठबन्धन (काँग्रेस, माओवादी, एमालेकै नेपाल–खनाल पक्ष)ले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्तारुढ दल एमाले मनोनयन दर्ताको दिनसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन । सुरुमा बादललाई उम्मेदवार बनाउने एमालेको तयारी थियो । तर एमालेको नेपाल पक्ष विपक्षी गठबन्धनमा उभिएपछि बादल उम्मेदवार बन्न हच्किएको चर्चा थियो ।

उप-निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जितप्रति आशंका उत्पन्न भइरहेका बेला त्यो जित सुनिश्चत गर्न नेकपा एमाले लागि परेको छ।

एमाले नेताहरुको आकंलनमा बाहिर अड्कलबाजी गरेजस्तो बादलको जितको सम्भावना कम छैन, बरु झण्डै सुनिश्चत छ। तर नेपाल पक्षले त्यसमा कस्तो भूमिका खेल्छन् त्यसमा यो सबै निर्भर हुने छ। तर नेपाल समूहले यति ठूलो नोक्सान नगर्ने नेताहरुको बुझाई छ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज