May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ओली र माधब पक्षीय नेताहरूको बालुवाटार बैठकमा जुटेन सहमति, यस्तो छ कारण

ओली र माधब पक्षीय नेताहरूको बालुवाटार बैठकमा जुटेन सहमति, यस्तो छ कारण

वैशाख २४, काठ्मान्डौ । एमालेको विवाद समाधानको लागि आज अध्यक्ष केपि शर्मा ओली सँग एमाले दोस्रोतहका नेताहरूले गरेको बार्ता बिना निश्कर्ष सकिएको छ ।

नेकपा एमालेभित्रको विवाद समाधानका निम्ति अध्यक्ष केपी ओली र माधव कुमार नेपाल पक्षका नेताहरूबीच बालुवाटारमा छलफल भएको छ । माधव समूहका दोस्रो तहका नेता मिलनविन्दु खोज्ने अन्तिम प्रयासका लागि अध्यक्ष ओली पक्षसँग छलफल गरे पनि सहमति भने हुन सकेन ।

माधव समूहका नेताहरूले पार्टीको कमिटीलाई २ जेठ २०७५ को स्थितिमा फर्काउन दबाब दिए पनि ओली पक्ष २८ फागुनको निर्णयबाट पछि हट्न नमानेपछि छलफल निचोडमा पुग्न सकेन ।

छलफल सकारात्मक भए पनि सहमति नभएको बैठकमा सहभागी एक नेताले बताए । ओली र नेपालसँग छलफल गरेर फेरि अर्कोपटक बस्ने गरी आजको बैठक टुङ्गिएको छ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिँदै छन् । त्यसअघि दुवै समूहका दोस्रो तहका नेताहरू पार्टीलाई एकताबद्ध गर्न प्रयासस्वरूप छलफल गरिरहेका छन् ।

छलफलका लागि नेपाल समूहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई बालुवाटार पुगेका थिए । यता, अध्यक्ष ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरू छलफलमा सहभागी थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज