May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
पार्टी फुटबाट जोगाउन अपिल गर्दै एमाले सल्यानका नेता डाँगीले लेखे – यस्तो गजल

पार्टी फुटबाट जोगाउन अपिल गर्दै एमाले सल्यानका नेता डाँगीले लेखे – यस्तो गजल

वैशाख २४, सल्यान । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विस्वासको मत लिने निर्णय गरेपछि यतिबेला सबैको ध्यान नेकपा एमालेमा गएको छ ।

लामो समय देखि एउटै पार्टी भित्र दुई पार्टी जस्तो गतिविधि गरिरहेका एमालेका माधब नेपाल समूह र संस्थापन पक्ष केपि ओली समूह वैशाख २७ गते अघि कुनै चमत्कार भएन भने दुई किनार हुने निश्चित छ ।

एमाले र माओवादी केन्द्र बीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा माओवादी अध्यक्ष प्रचण्ड र नेता नेपाल मिलेर एमाले अध्यक्ष तथा प्रधानमन्त्रीलाई घेराबन्दी गएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले काम गर्न नदिएको भन्दै संसद भंग गरेका थिए भने ओलीलाई प्रचण्ड – माधबले पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेका थिए ।

तर नेपाल कम्युनिस्ट पार्टी नाम गरेको दल आफ्नो भएको दाबी गर्दै अध्यक्ष ऋषि कटेलले हालेको मुद्दामा फैसला गर्दै सर्बोच्च अदालतले एमाले र माओवादी पार्टी एकीकरण पछि बनेको नेपाल कम्युनिस्ट पार्टीको नाम र एकता खारेज गरिदिएर दुबै पार्टीलाई पूर्ववत् अवस्थामा पुर्याइदिएपछी एमालेमा माधब नेपाल पेलानमा परेका छन ।

अध्यक्ष ओलीले एकलौटी ढंगले विभिन्न कमिटीहरू भंग गर्दै सदस्यहरू थपेपछी माधब समुहले छुट्टै कार्यकर्ता भेला गर्नेदेखि समानान्तर कमिटी बनाउन थाल्यो, यसरी अनुशासन बिपरित काम भन्दै अध्यक्ष ओलीले माधब पक्षका ४ जना नेतालाई निलम्बित गरेका छन ।

यसरी आफ्ना नेताहरूलाई ओलीले कारबाही गरेपछि माधब समूह पनि ओलीलाई देखाउने मुडमा छ । ओलीले विस्वासको मत लिने निर्णय गरेपछी माधब समूह आफ्ना पक्षका सांसदहरूलाई सामुहिक राजिनामा गराएर ओलीलाई अल्पमतमा पार्ने चर्चा चलेको छ । माधन्म्ब समुहले राष्ट्रिय सभाको उपचुनावमा समेत माओवादी – कांग्रेस सँग गठबन्धन गरेर छुट्टै उम्मेदवारी दिएको छ ।

यसरी घटनाक्रमहरूले एमाले बिभाजन उन्मुख भैरहेको बेला एमाले नेताकार्यकर्ताहरू पार्टी बिभाजन बाट बचाउन चासो र चिन्ता लिइरहेका छन । बुधबार र बिहीवार मात्रै एमालेका दोस्रो तहका नेताहरूले संवादलाई तिव्रता दिएका छन । एमाले नेताकार्यकर्ताहरू पार्टी एकता बचाउन नेताहरूलाई विभिन्न तरिकाले दवाव दिइरहेका छन ।

यसै सन्दर्भमा एमाले सल्यानका नेता लोकबहादुर डाँगीले गजल मार्फत त्यस्तै भावना प्रकट गरेका छन ।

यस्तो छ गजल –

सम्बादको ढोका खुल्यो भन्छन सहमतिमा आउ काम्रेड महोदय
सहिदको रगत साक्षी राखि सतमार्गको बाटो समाउ काम्रेड महोदय!

तिम्रो जुङ्गाको लडाइले छिन्नभिन्न भए हाम्रा भाबनात्मक सम्बन्धहरु!
बिन्ति छ तिम्लाइ छोडिदेउ इगो सम्बन्ध हाम्रा सजाउ काम्रेड महोदय!

दुनियालाइ थाहा छ न हो यो बैचारिक लडाइ, नहो सैद्धान्तिक लडाइ!
कति लड्छौ भागबन्डाको लडाइ बरु बाडिचुडी खाउ काम्रेड महोदय!

बिगत बिगत थियो आ-आफ्नो कर्म अनुसार लेखियला इतिहास!
परिवारको खुसि जोगाउदै आफ्नो सुन्दर घर बचाउ काम्रेड महोदय!

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज