May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
एमाले नेताहरू पौडेल – पाण्डे – भट्टराई र बिष्ट बीच भेटवार्ता

एमाले नेताहरू पौडेल – पाण्डे – भट्टराई र बिष्ट बीच भेटवार्ता

वैशाख २३, काठमाडौं । नेकपा एमाले बिभाजनको संघारमा पुगेको चर्चा चलिरहेको बेला एमालेका दोस्रो तहका नेताको भेटवार्ता बाक्लिन थालेको छ ।

बिहीबार मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेका विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबिच भेटवार्ता भएको हो ।

अर्थमन्त्री समेत रहेका पौडेलले सुरुमा योगेश भट्टराईलाई भेटेका थिए । लगतै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गरे । तीन नेताबीच करिव आधा घण्टा कुराकानी भएको थियो ।

यसअघि बुधबार महासचिव ईश्वर पोखरेल र योगेश भट्टराईबीच भेटवार्ता भएको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज