May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
एमाले महासचिव पोखरेल र माधव पक्षका नेता भट्टराई र पहाडी बीच भेटवार्ता

एमाले महासचिव पोखरेल र माधव पक्षका नेता भट्टराई र पहाडी बीच भेटवार्ता

वैशाख २२, काठमाडौं । नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला महासचिव ईश्वर पोखरेलले माधव नेपाल पक्षका नेता योगेश भट्टराई र गणेश पहाडी बीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित उपप्रधानमन्त्री पोखरेलको कार्यकक्षमा बुधबार अपरान्ह भेटवार्ता भएको हो । माधव पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरुले सामुहिक राजिनामा दिएर संसदमा विपक्षको बहुमत पुर्याइदिने चर्चा चलिरहेका बेला नेताहरुबीच भेटवार्ता भएको हो ।

भेटमा नेता भट्टराइ र पहाडीले महासचिव पोखरेललाई सकेसम्म एमाले विभाजित हुन नदिन अन्तिम प्रयासको पहल गर्न अनुरोध गरेको बताइएको छ । उनीहरूले व्यक्ति-व्यक्तिलाई भेटेर तान्ने भन्दा पनि माधव नेपाल, झलनाथ खनाल लगायतका नेतासँग कुरा गर्न र नेताहरुबीच कुरा मिलाउन आग्रह गरेका थिए ।

महासचिब पोखरेल पनि पार्टीको एकताको एकता जोगाउँ भन्नेमा सकारात्मक रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भएपछि सबैको ध्यान त्यता केन्द्रित भएको छ।

सोहि शिलशिलामा उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित देउवा निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससंग आग्रह गरेका छन् । तर जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज