September 23, 2026, Wednesday
२०८३ आश्विन ७, बुधबार
कर्णाली प्रदेश सरकार बाट राजीनामा दिने आर्थिक मामला तथा योजना मन्त्री ज्वालाको घोषणा

कर्णाली प्रदेश सरकार बाट राजीनामा दिने आर्थिक मामला तथा योजना मन्त्री ज्वालाको घोषणा

चैत २३, सल्यान । नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलले आज सरकारलाई दिएको समर्थन फिर्ता गर्दै आफ्ना पार्टीका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको छ ।

सरकार बाट फिर्ता हुने दलको निर्णयपछि कर्णाली प्रदेश सरकारको मन्त्री बाट राजीनामा दिने आर्थिक मामला तथा योजना मन्त्री प्रकाश ज्वालाले राजीनामा दिने जानकारी गराउनु भएको छ ।

एमालेमा माधब नेपाल निकट चिनिने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले नेपाली बहस सँग छोटो कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।

केन्द्रमा माधव नेपाल पक्षले समानान्तर कमिटी बनाउँदै अघि बढिरहेका बेला कर्णालीले एमाले एकताको सन्देश दिएको छ । प्रस्तुत छ, मन्त्री ज्वालासँगको संक्षिप्त कुराकानीको केही अंश ।

एमालेका मन्त्रीहरुले अब राजीनामा दिने हो ?

हो । नेकपा एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । त्यसकारण हामीले सरकार छोड्दैछौं । एमालेबाट मन्त्री भएका तीनजना मन्त्रीलाई संसदीय दलको बैठकले आज फिर्ता आउन निर्देशन पनि दिएको छ । दलको बैठकले सर्वसम्मत निर्णय गरेपछि त हामीले राजिनामा गरिहाल्नु प¥यो नि ।

कर्णालीमा त एमाले एकतावद्ध देखियो नि !

हो हाम्रा केही मतभेदका बाबजुद पनि कर्णाली संसदीय दलमा हामी एकतावद्ध छौं । हामी भन्छौं कर्णालीको सिको केन्द्रले गरोस् । संघीय संसदीय दलले गरोस् ।

केन्द्रका गतिविधि हेर्दा त एमाले विभाजनतिर लाग्दै गरेको देखिन्छ नि ?

सर्वोच्च अदालतको निर्णय पछि एमाले पुनर्स्थापित हो । त्यसैले केन्द्रदेखि तलसम्म एमाले पार्टीलाई एकताबद्ध गर्नुपर्छ । हामीले कर्णालीबाट एकताको सन्देश दिएका छौं । पार्टीलाई एकताबद्ध गरेर लैजानका निम्ति सुझाव पनि दिएका छौं । केन्द्रले पनि पार्टी एकतालाई जोगाएर लैजानुपर्छ भन्ने कर्णालीको मत छ ।

( यो कुराकानी नेपाली बहस बाट साभार गरिएको हो – संपादक ।)