May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार
कर्णाली प्रदेश सरकार संकटमा, विश्वासको मत लिन मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुखको पत्र

कर्णाली प्रदेश सरकार संकटमा, विश्वासको मत लिन मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुखको पत्र

चैत्र १८, सुर्खेत । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सरकार जोगाउन अफ्ठ्यारो परेको छ । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले अब प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने भएको छ ।

यस्तै संकेत गर्दै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई पत्र पठाएर ध्यानाकर्षण गराउनु भएको छ । मुख्यमन्त्री शाहीलाई दिएको समर्थन यही चैत ४ गते फिर्ता लिइएको एमालेके ओली समूहले बताएको थियो । तर पछिल्लो समय एमालेको खनाल नेपाल समूहले पनि सरकार ढाल्न सहमति जनाएको स्रोत बताएको छ ।

प्रदेश प्रमुखको कार्यालयले त्यसको भोलिपल्ट चैत ५ मा पत्र पठाउँदै मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन भनेको थियो । संविधानको धारा १८८ को २ अनुसार सरकारमा रहेको दल विभानजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव गर्नुपर्ने व्यवस्था छ ।

प्रदेश सभामा कायम रहेका सदस्यको बहुमत पु¥याए मात्रै मुख्यमन्त्री शाही नेतृत्वको सरकार कायम रहन्छ । प्रदेश प्रमुखले १२ दिनपछि पुनः मुख्यमन्त्रीलाई पत्र पठाएर विश्वासको मत लिन ध्यानाकर्षण गराएपछि नेपाल समूहका सांसदले पनि समर्थन फिर्ता लिएको संकेत देखिएका छन् ।

कर्णालीमा सरकार बनाउन २१ जना सांसद चाहिन्छ । नेकपा एमालेमा २० जना सांसद छन् । उसलाई सरकार बनाउन अर्को कुनै एक दलले समर्थन गर्नुपर्छ । यस्तै माओवादीका १३ सांसद छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । एमालेलाई नयाँ सरकार बनाउन राप्रपाको समर्थन लिए पुग्छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज