सल्यानका चार स्थानिय तहमा राप्रपाको अधिबेसन सम्पन्न, नयाँ कार्यसमितिहरु गठन
फागुन १२, सल्यान । राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानका विभिन्न ४ वटा स्थानिय तहहरुमा पालिका स्तरिय अधिबेसन सम्पन्न गरेको छ । माघ ३० गते कालिमाटी गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको उक्त पार्टीले क्रमशः अभियानात्मक रुपमा कुमाख गाउँपालिका, दार्मा गाउँपालिका हुदै त्रिवेणी गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको हो ।
अधिवेशन बाट कालिमाटी गाउँपालिकामा रेशम बहादुर खत्रीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको बताईएको छ । त्यस्तै दार्मा गाउँपालिकामा अनिशा बस्यालको अध्यक्षतामा १७ सदस्यीय , कुमाख गाउँपालिकामा बुद्धिमान पुनको अध्यक्षतामा ३३ सदस्यीय र त्रिवेणी गाउँपालकामा प्रेमबहादुर पुनको अध्यक्षतमा २७ सदस्यीय गाउँ कार्यसमिति चयन गरिएको राप्रपा सल्यानका सभापति नेत्रलाल श्रेष्ठले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको बैसाख २५ गतेदेखी २८ गतेसम्म काठ्माण्डौमा हुने राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप पार्टीले वडा हुदै पालिकास्तरिय अधिवेशन गर्ने अभियान चलाएको र चैत भित्र क्षेत्र हुदै जिल्लाको अधिवेशन सम्पन्न गरेर केन्द्रिय अधिवेशनमा सहभागी हुने सभापति श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस्