September 26, 2026, Saturday
२०८३ आश्विन ११, आईतवार
सल्यानका चार स्थानिय तहमा राप्रपाको अधिबेसन सम्पन्न, नयाँ कार्यसमितिहरु गठन

सल्यानका चार स्थानिय तहमा राप्रपाको अधिबेसन सम्पन्न, नयाँ कार्यसमितिहरु गठन

फागुन १२, सल्यान । राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानका विभिन्न ४ वटा स्थानिय तहहरुमा पालिका स्तरिय अधिबेसन सम्पन्न गरेको छ । माघ ३० गते कालिमाटी गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको उक्त पार्टीले क्रमशः अभियानात्मक रुपमा कुमाख गाउँपालिका, दार्मा गाउँपालिका हुदै त्रिवेणी गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको हो ।

 

अधिवेशन बाट कालिमाटी गाउँपालिकामा रेशम बहादुर खत्रीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको बताईएको छ । त्यस्तै दार्मा गाउँपालिकामा अनिशा बस्यालको अध्यक्षतामा १७ सदस्यीय , कुमाख गाउँपालिकामा बुद्धिमान पुनको अध्यक्षतामा ३३ सदस्यीय र त्रिवेणी गाउँपालकामा प्रेमबहादुर पुनको अध्यक्षतमा २७ सदस्यीय गाउँ कार्यसमिति चयन गरिएको राप्रपा सल्यानका सभापति नेत्रलाल श्रेष्ठले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको बैसाख २५ गतेदेखी २८ गतेसम्म काठ्माण्डौमा हुने राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप पार्टीले वडा हुदै पालिकास्तरिय अधिवेशन गर्ने अभियान चलाएको र चैत भित्र क्षेत्र हुदै जिल्लाको अधिवेशन सम्पन्न गरेर केन्द्रिय अधिवेशनमा सहभागी हुने सभापति श्रेष्ठले बताए ।