April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार
सल्यानमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भव्य र्‍याली र दिप प्रज्वलन ( फोटो फिचर )

सल्यानमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भव्य र्‍याली र दिप प्रज्वलन ( फोटो फिचर )

पौष २६, सल्यान । २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सल्यानमा भव्य र्‍याली र दिप प्रज्वलन गरेर मनाइएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको आयोजनामा सोमबार सल्यान सदरमुकाम खलंगामा प्रभातफेरी सहित सुरू भएर दिउसो बिबिध साँस्कृतिक कार्यक्रम र साँझ पृथ्वीनारायण शाहको फोटो अगाडी दीप प्रज्वलन गरेर भब्यताको साथ दिवस मनाइएको हो ।

टुडिखेलमा भएको कार्यक्रममा विभिन्न मौलिक तथा लोक सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो । युवक संगठनका अध्यक्ष अन्जित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नारायण शर्माले गरेका थिए ।

कार्यक्रममा राप्रपाका केन्द्रिय कार्य संपादन समिति सदस्य राजेन्द्र वीर राय, अनुबमसिंह श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरू र जिल्ला सभापति नेत्रलाल श्रेष्ठले पृथ्वी जयन्तीको महत्व र पृथ्वीनारायण शाहको योगदानको बारेमा चर्चा गरेका थिए ।

फोटो फिचर :

 

 

 

वाइसे र चौविसे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेका बडा महाराजधिराज पृथ्वी नारायण शाहको जन्म जयन्तीमा नेपालमा राष्ट्रिय एकता मनाइने चलन भएपनि गणतन्त्र आएपछि सरकारले उक्त दिवस मनाउन र सार्वजनिक विदा दिन बन्द गरेको थियो ।

आज देशका विभिन्न ठाउँहरूमा बिबिध कार्यक्रम गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज