सल्यानमा प्रजातान्त्रिक युबक सङ्गठन तदर्थ समिति गठन,पौष २७ गते पृथ्वी जयन्ती मनाउने निर्णय
पौष १५, सल्यान । राष्ट्रीय प्रजातन्त्र पार्टी सल्यानले सल्यानमा राष्ट्रिय प्रजातान्त्रिक युबक सङ्गठन तदर्थ समिति गठन गरेको छ । मंगलबार, राप्रपा जिल्ला अध्यक्ष नेत्र लाल श्रेष्ठको अध्यक्षतामा बसेको युबाहरुको बैठकले राष्ट्रिय प्रजातान्त्रिक युबक सङ्गठन तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।
उक्त तदर्थ समितिले २०७७ पौष २७ गते पृथ्वी नारायण शाहको २९९ औ जन्मजयन्ति भब्यताका साथ मनाउने निर्णय गरेको छ ।पृथ्वी जयन्तीका अवसरमा सल्यान जिल्लामा अबस्थित नगर तथा गाउपालिकालाई उक्त दिन सार्बजनिक बिदा दिन अनुरोध गर्ने पनि संगठनले बताएको छ ।
पौष २७ गते बाजागाजा सहित पृथ्वी नारायण शाहको तस्बिर अङ्कित प्रभातफेरि र बिबिध सास्कृतिक कार्यक्रम पनि गरिने बताईएको छ ।
अन्जित श्रेष्ठ संयोजकत्वमा १३ सदस्यिय तदर्थ समिति गठ्न गरिएको हो । समितिको सदस्यहरुमा बिमर्श प्रधान , प्रकाश कवर , हेम राज बिष्ट , रोदिन श्रेष्ठ , हरिष गुरुङ , नरेश बुढथोकी , सुशिल बिश्वकर्मा , रमेश बस्नेत , आकाश सिङ्ह , गणेष श्रेष्ठ सुशिल राना रहेको राप्रपा सल्यानले बताएको छ ।








प्रतिकृया दिनुहोस्