सरकारी गाडी दुरुपयोग रोक्ने उद्घोष सहित राप्रपा सल्यानले तोक्यो १० वटै स्थानिय तहका इन्चार्जहरू
पौष ०३, सल्यान । राष्ट्रीय प्रजातन्त्र पार्टी सल्यानले सल्यानका दस वटै स्थानिय तहहरूमा पार्टीका इन्चार्जहरूको जिम्मेवारी टुङ्ग्याएको छ । बिहीवार राष्ट्रीय प्रजातन्त्र पार्टी सल्यानको कार्यालयमा बसेको पार्टीको बिशेश बैठकले जिल्लाका दस वटै स्थानीय तहहरूको लागि इन्चार्जहरू मनोनीत गरेको हो ।
बैठकले बनगाड कुपिण्डे नगर समितिको इन्चार्जमा शिब बहादुर वलि, शारदा नगर समितिमा रेशम बहादुर बुढाथोकि र इन्द्रा भण्डारी, बागचौर नगर समितिको इन्चार्जमा अमर गिरीलाई मनोनीत गरेको बताईएको छ ।
त्यस्तै बैठकले दार्मा गाउँ समितिको इन्चार्जमा अनिशा बश्याल, कपुरकोट गाउँ समितिको इन्चार्जमा श्याम कृष्ण बोहरा, कालिमाटि गाउँ समितिको इन्चार्जमा प्रदिप थापा , छत्रेश्वरी गाउँ समिति इन्चार्जमा नारायण शर्मा, कुमाख गाउँ समितिको इन्चार्जमा भरत बुढाथोकी र त्रिबेणी गाउँ समितिमा गणेश भण्डारीलाई इन्चार्जको भुमिकामा मनोनित गरिएको हो ।
सल्यानमा मंसिर ११ गते राप्रपा र राप्रपा संयुक्त बीचमा पार्टी समायोजन सम्पन्न भएको थियो । दुई पार्टी बिच समायोजन सम्पन्न भएपछि पार्टीलाई थप चुस्तदुरुस्त बनाउन र वैशाख २५ गते हुनलागेको पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको लागी, भेला सम्मेलन तथा प्रतिनिधि छनौट गर्न जिल्ला सबै स्थानीय तहहरूका इन्चार्ज मनोनीत गरिएको हो ।
मनोनीत इन्चार्जहरुलाई पार्टीको आगामी अधिबेशनलाई ध्यानमा राखि प्रशिक्षण दिनुका साथै सकृय सदस्यता बितरण, वडा, गाउँ र नगर समिति गठनको जिम्मेवारी समेत प्रदान गरिएको र बिहीवार जिल्ला पार्टी कार्यालयमा भएको बैठकमा बिभिन्न गाउँ र नगर समितिका अध्यक्षहरुले आआफ्नो समितिको कार्य बिबरण र वस्तुस्थितिको बारेमा रिपोर्टिङ गरेका जानकारी दिइएको छ ।
बैठकमा पार्टी सभापति रहनु भएका पुर्ब सांसद नेत्रलाल श्रेष्ठले आगामी महाधिबेशन र स्थानिय निर्बाचनलाई ध्यानमा राखि जनताको माझ जान लागेको चर्चा गर्दै युग अनुकूलको शिक्षाका लागि स्कूल स्कूलमा इन्टरनेट जडान, मूटू रोगको स्वास्थ्य शिबीर, युबाहरुलाई रोजगारको लागी सिपमूलक तालिम, बिद्याथीलाई उच्च शिक्षाला लागि स्कलर्सिप (छात्रवृत्ति) दिलाउने जस्ता कार्य आफ्नो पार्टीले गरेको स्मरण गराउदै बिषय प्रबेश गराएको र केन्द्रीय सदस्य अनुबम सिङ्ह श्रेष्ठ , प्रदेश सदस्य शिला बुढाथोकी र बालाराम शर्माले पार्टीको नीति निर्देशन बारे चर्चा गरेको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा सचिब नारायण शर्माले निर्बाचन निर्देशिका र केन्द्रीय परिपत्र प्रस्तुत गरेको बताइएको छ ।
त्यसैगरि, उक्त बैठकले जिल्लाका बिभिन्न स्थानिय निकायका सरकारी गाडीहरुको ब्यापक दुरुपयोग भैरहेकोमा रोस ब्यक्त गर्दै गाडी दुरुपयोगलाई निरुत्साहित गर्न पनि पार्टीले नेतृत्वदायी भुमिका खेल्ने बताएको छ । एक नेताले भने स्थानीय तहमा सरकारी गाडीहरूको व्यापक दुरुपयोग भैरहेको छ , त्यसलाई निरुत्साहित गर्न हाम्रो पार्टीले नेतृत्वदायी भुमिका खेल्ने छलफल भएको छ ।” त्यस्तै पार्टीले कोरोनाको प्रकोपलाई गम्भिरताका साथ लिदै मास्क बितरण र सजगता अपनाउन सबैमा अनुरोध गर्ने निर्णय पनि गरेको उनले बताए ।
यसैगरी बैठकमा केन्द्रीय सदस्य अनुबम सिंह श्रेष्ठले पार्टीको चुनाब चिन्ह हलोको अनाबरण गरेको र राप्रपामा प्रवेश गरेका नब प्रबेशी महानुभावहरुलाई सदस्यता प्रदान गरिएको बताईएको छ ।
संवैधानिक राजसंस्था, हिन्दु राष्ट्रको पक्षपाती राप्रपाले पछिल्लो समय सल्यानमा संगठन विस्तार लगाएत विभिन्न राजनीतिक गतिविधिहरू बढाईरहेको छ । बिगत केही महिना अघि मात्रै सल्यान सिनवाङ्मको एउटा विद्यालय व्यवस्थापन समितिको चुनावमा राप्रपा निकट पुरै प्यानल विजयी भएको थियो ।
प्रतिकृया दिनुहोस्