अहिलेको सरकार असंवैधानिक गैरकानुनी र जनविरोधी छ: प्रचण्ड
दाङ,माघ ११ ।
पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले अहिलेको सरकार असंवैधानिक गैरकानुनी र जनविरोधी रहेको बताउनु भएको छ।
नेकपा माओवादी केन्द्र दाङ तुलसीपुर उपमहानगरपालिकाको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो।
ठूलो दलको हैसियतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने हो तर संविधान मिचेर केपी ओलीको नेतृत्वमा सरकार बन्यो ।
मैले राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान नमिच्न भनेको थिए उहाँले हुन्छ म त्यही अनुसार गर्छु भन्नू भएको थियो ।
तर संविधान नमिच्दा सरकार नबन्ने भएपछि त्यसपछि दुबै पार्टीले राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउँछौ भन्ने धम्की दिएपछि राष्ट्रपति पछि हट्नुभयो र संविधान मिच्ने काम भयो ।’’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।
जनयुद्ध, शान्ति सम्झौता र संविधानसभा मार्फत लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक लोकतन्त्र स्थापनामा जनताले ठूलो साथ दिएको स्मरण गर्दै प्रचण्डले सुशासन, समाजिक न्याय र आर्थिक विकासको अर्को लडाई, माओवादीले लड्न चाहेकाले साथ दिन आग्रह गर्नुृभयो ।
भ्रष्टाचारमा संलग्न फरार अभियुक्तालाई पक्राउ गर्ने वित्तिकै आफुलाई ठूला पार्टी भन्नेहरु डराएर अप्राकृतिक गठबन्धन गरेर सरकार बनाएको दाबी गर्नुभयो ।
‘तेस्रो पटक प्रधानमन्त्री भएपछि भ्रष्टाचारका विरुद्ध अभियान सुरु गरकै हो । भुटानी शरनार्थी । ललिता निवास । गिरी बन्धु टि स्टेट । ओमनी काण्डका विरुद्ध म लाग्ने आँट गरे । अब हाम्रो पनि पालो आउने भयो भनेर काँग्रेस एमाले डराए र जाली फटाहरु मेरा विरुद्ध लागे ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।
घाटामा गएको विद्युत प्राधिकरणलाई ५० अर्व नाफमा लैजाने कुलमान घिसीङलाई हटाउन निकै जालझेल रचेको बताउँदै संवैधानिक परिषदमा समेत गठनबन्धनको बहुमत नपुग्ने भएपछि उपसभामुख इन्दिरा रानालाई पनि विभिन्न आरोप लगाएर हटाउने प्रयास गरेर दिउँसै रात पार्ने काम गरेको उहाँले बताउनुभयो ।
लेखकको सम्वन्धमा