March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार
बैंकको कर्मचारी हुँ भन्दै खाता नम्बर र पासवर्ड मागेपछि……

बैंकको कर्मचारी हुँ भन्दै खाता नम्बर र पासवर्ड मागेपछि……

पुस १३, दाङ ।

दाङको तुलसीपुरमा रहेको एनआईसी एशिया बैंकको खाताबाट २ लाख रुपैयाँ चोरी भएको छ ।

मंगलबार बिहान एनआईसी एशिया बैंकको कर्मचारी भन्दै टेलिफोन गरेर खाता र पासवर्ड नम्बर मागेको आधा घन्टाभित्र ०६५४१५११०४८७९००१ नम्बरको खातामा २ लाख २० रुपैयाँ चोरी भएको पिडित ज्ञानबहादुर चौधरीले जानकारी दिए ।

बैंकको कर्मचारी बताउने व्यक्तिले तपाईंको खाता पेन्डिङमा रहेको र अपडेट गर्नुपर्ने भन्दै खाता र वान टाइम पासवर्ड नम्बर मागेको थियो ।

सुरुमा एनआईसी एशिया बैंक नामको मेसेन्जरबाट चौधरीसँग कुरा गरेर फोन गरेपछि विश्वासको आधारमा खाता र वान टाइम पासवर्ड उपलब्ध गराएको चौधरीले बताए । पैसा निकालेको थाहा पाउने बित्तीकै एनआईसी एशिया बैंकमा पुगेका चौधरीलाई सिटिजन बैंकमा रकम ट्रान्सफर भएको जानकारी बैकले दिएपछि त्यहाँ पुगेका थिए ।

त्यहाँबाट पनि नबिल र अन्तमा बैंक अफ काठमाण्डौमा पुग्दा भित्र प्रवेश गर्न नदिएपछि फर्किएको चौधरीले बताए । दंगीशरण  गाउँपालिका – ५ मिरौली निवासी चौधरीले तुलसीपुरको बसपार्कमा श्रीराम किराना पसल सञ्चालन गर्दै आएका छन ।

यता बैंकका प्रमुख राजीव वलीले बैंकको यसमा कुनै दोस नभएको बताए । सेवा ग्राहीले आफ्नो वान टाइम पासवर्ड अपरिचित व्यक्तिलाई दिएका कारण २ लाख रुपैयाँ हराएको बताएका छन ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज