September 20, 2024, Friday
२०८१ आश्विन ४, शुक्रबार
इन्जिनियर कुटपिट प्रकरण : सल्यानमा क्रियाशील कर्मचारी संगठनहरू द्वारा आन्दोलनको चेतावनी

इन्जिनियर कुटपिट प्रकरण : सल्यानमा क्रियाशील कर्मचारी संगठनहरू द्वारा आन्दोलनको चेतावनी

पौष ३, सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिकामा कार्यरत इन्जिनियर विवेकमान बस्नेत माथी भएको कुटपिट र दुर्व्यवहार विरुद्ध जिल्ला क्रियाशील कर्मचारी संगठनहरू (ट्रेड युनियन) ले विरोध जनाएका छन ।

आइतबार संयुक्त बिज्ञप्ति जारी गर्दै नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) ले घटनाको निन्दा र भत्सर्ना गरेका हुन ।

कार्यालयको कामको शिलशिलामा अनुगमनमा गएको समयमा यस्ता अपराधिक घटना हुनु दुर्भाग्यपूर्ण भएको संगठनहरूले बताएका छन ।

राष्ट्र सेवक कर्मचारीको मनोबल उच्च बनाउनुको सट्टा झन कमजोर बनाउने यस्ता घटनामा संलग्नलाई हदैसम्मको कारबाहि गर्नुपर्ने र कारबाही नभए केन्द्र देखि स्थानिय तहसम्म आन्दोलन गर्न बाध्य हुने बिज्ञप्तिमा भनिएको छ ।

शनिबार, गाउँपालिकाको वडा नं २ को निर्माणाधीन कार्यालय भवनको अनुगमनमा गएका सिद्ध कुमाख गाउँपालिकाका इन्जिनियर विवेकमान बस्नेतलाई ठेकेदार डम्बर तिरुवाका छोरा संजय कुमार तिरुवाले कुटपिट र दुर्व्यवहार गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज