May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
शिक्षक र विद्यार्थीलाई कोरोना खोप लगाउनुपर्ने लगाएत माग राखेर सल्यानका शिक्षकहरू आन्दाेलित

शिक्षक र विद्यार्थीलाई कोरोना खोप लगाउनुपर्ने लगाएत माग राखेर सल्यानका शिक्षकहरू आन्दाेलित

दुर्गा विसि/ असार २५, सल्यान । सल्यानका शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई सल्यानमा धर्ना दिएका छन् । शुक्रबार शिक्षक नेताहरू समन्वय इकाई मार्फत ज्ञापान पत्र वुझाउनुकाे साथै धर्ना कार्यक्रम अायाेजना गरेका थिए ।

शिक्षक, कर्मचारी र सम्बन्धित उमेर समूहका विद्यार्थीको लागि तत्काल खोप लगाउन, आवश्यक पहल गर्न, संघीय सरकारको बजेट अनुसारका बालविकास शिक्षक, विद्यालय कर्मचारी र सहायक कर्मचारीको पारिश्रमिक व्यवस्था गरिनुपर्ने, विद्यालय व्यवस्थापन समितिमा गैर अभिभावक हटाउनुपर्ने, संघीयता पछि शिक्षामा ठुलाे मार खेपिरहेका तथा स्थानीय तहबाट राजनीति प्रतीशाेधपूर्ण व्यवहार भैरहेको र शिक्षाका सबै अधिकार स्थानीय तहबाट जिल्ला शिक्षा कार्यालय (समन्वय) मार्फत कामकाज अघि वढाउन उनिहरूले माग गरेका छन ।

राष्ट्रिय परिक्षा वोर्डको कामकाज समेत जिल्ला स्तरमै वनाउन, पालिका तहका शैक्षिक योजना निर्माणमा शिक्षकका पेशागत संघ संगठनको अनिवार्य प्रतिनिधित्व गराइनुपर्ने लगायतका माग राखी धर्ना दिएका हुन् । स्थानीय तहमा शिक्षाकाे विकासका लागि अाउने वजेटमा समेत स्थानीय तहले वेवास्ता गर्ने गरेकाे उनीहरुको दुखेसो रहेको छ ।

शिक्षक, विद्यालय कर्मचारी र बालविकासका शिक्षकले नेपाल शिक्षक महासंघको आन्दोलनको कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिएको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव एकराज वुढाथाेकिले बताए ।

धर्ना कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले शिक्षकलाई फरक ढंगको व्यवहार गरेको बताएका छन् । शिक्षक नेताहरूले शिक्षकका माग पुरा नभए कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव हिरालाल नेपाली, नेपाल ट्रेड युनियनका विरवहादुर सेजवाल, शिक्षक महासंघ कर्णाली प्रदेश उप महासचिव बामदेव अधिकारी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष एकराज वुढाथाेकि, संघर्ष समितिका संयोजक तथा स-अध्यक्ष डा. पुर्णपंकज भण्डारी, नेपाल शिक्षक महासंघका पदाधिकारी अनुपा शाह, अखिल नेपाल शिक्षक संघका पदाधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका विन्दु केसि लगाएतका शिक्षक नेताहरुकाे उपस्थिति रहेको थियोे ।

साथै समन्वय इकाई प्रमुख लालबहादुर घर्तीलाई ज्ञापन पत्र समेत वुझाएकाे छ । शिक्षक प्रति राज्यको बिभेदकारी निति नहटे कडा अान्दोलन हुने जनाएको छ । हरेक तवरमा शिक्षक प्रति राज्यको ३ तहमै हेपाहा प्रवृत्ति रहेको समेत जनाईएको थियोे । शिक्षकलाइ हरेक क्षेत्रमा निजामती साे सरह सुविधाको ग्यारेन्टी गर्न समेत जाेडदार माग गरिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज