May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
सल्यानमा आफ्नो पार्टीलाई भोट नहालेको भन्दै कुटपिट गर्ने २ जना पक्राउ

सल्यानमा आफ्नो पार्टीलाई भोट नहालेको भन्दै कुटपिट गर्ने २ जना पक्राउ

जेठ १०, सल्यान ।

सल्यानमा आफ्नो पार्टीलाई भोट नदिएर विपक्ष पार्टीलाई भोट दिएको भन्दै कुटपिट गर्ने नेपाली काङ्ग्रेसका २ जना  कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जिल्लाको दार्मा गाउँपालिका वडा न. २ का २५ बर्षिय चोपलाल ओलि र २१ बर्षिय सुरेन्द्र रोकाय रहेका छ्न।

उनिहरुले जिल्लाको दार्मा गाउँपालिका वडा न. २ सिलिङ्गेका तिलक ओलिमाथी काङ्ग्रेसमा भोट नहाली माओवादीमा भोट हालेको भनेर कुटपिट गरि घाइते बनाएका थिए।

कुटपिटमा संलग्न निश्चल वली र चिन बहादुर रोकाय भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

स्थानीय तह निर्वाचनमा दार्मा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष देखि वडा अध्यक्षसम्म माओवादी केन्द्रले जितेको छ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज