May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
एमाले कुमाख गापाको बैठक सम्पन्न : चुनावी अभियानहरु संचालन गर्न कार्यविभाजन

एमाले कुमाख गापाको बैठक सम्पन्न : चुनावी अभियानहरु संचालन गर्न कार्यविभाजन

कात्तिक ०५, सल्यान । नेकपा (एमाले) कुमाख गाउँ कमिटी सल्यानकाे बैठक सम्पन भएको छ । शुक्रबार,गाउँ कमिटी अध्यक्ष भैरब शाहकाे अध्यक्षमा बैठक सम्पन्न भएको हो ।

बैठकले चुनाव केन्द्रीत अभियानहरु संचालन गर्दै वडा कमिटी बैठक भेलाहरु संचालन गर्ने कार्ययोजना समेत निर्माण गरेकाे बताइएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका कर्णाली प्रदेश सचिवालय सदस्य एबम् प्रदेश सभा सल्यान क्षेत्र नं.१ (क) का उमेरदवार कुल बहादुर गिरीले नेकपा एमाले जनपक्षीय काम गर्ने पार्टी भएको बिगतका कामहरुले पुष्टि भईसकेकाेले कुमाखी स्वाभिमान जनताहरु फेरि एकपटक नेकपा एमालेकाे पक्षमा लाग्नु पर्ने बताए ।

साेहि कार्यक्रम सम्बोधन गर्दै नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष गाेबिन्द बहादुर पुनले जनचाहना अनुरुपकाे सरल र सहज व्यवहार भएको एक सच्चा ईमान्दार व्यक्ति कुल बहादुर गिरीलाई पार्टीले निर्वाचनमा उम्मेदवारी उठाएकाे र यस अबस्थामा कुनै पार्टी विशेष नभएर समग्र सल्यान क्षेत्र नं १ (क)का जनताकाे निर्बिकल्प उमेरदवार कुल बहादुर गिरी भएको बताउदै नेकपा एमालेलाई हराउने कुनै ताकत नभएकाे जिकिर गरे ।

बैठकमा प्रदेश कमिटी सदस्य लालबहादुर रावत, जिल्ला सचिवालय सदस्यहरू जनक बिक, कबि चन्द, रेशमराज शर्मा जिल्ला कमिटी सदस्यहरू, रेमन्त शर्मा, अमृत शाह, राजेन्द्र शाह, दिनेश रावत र युवा संघ जिल्ला सचीव प्रविन घर्तिले समसामयिक विषयमा मन्तव्य दिएका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज