May 7, 2024, Tuesday
२०८१ बैशाख २६, बुधबार
एमाले बागचौर नपाको बैठक सम्पन्न : ४०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

एमाले बागचौर नपाको बैठक सम्पन्न : ४०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

कात्तिक २, सल्यान । नेकपा (एमाले) बागचाैर नगर कमिटीको बैठक सम्पन्न भएको छ । बुधबार नगर कमिटी अध्यक्ष घनश्याम शर्माकाे अध्यक्षतामा बसेको बैठक सम्पन्न भएको हो ।

बैठकले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिचालनको लागि घनश्याम शर्माको नेतृत्वमा ४०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको बताइएको छ ।

साथै बैठकले कार्तिक ४ गते देखि १४ गते सम्म सबै वडा भेला / बैठक लगायतका निर्वाचन केन्द्रित अभियान संचालन गर्ने र नगर उपसचिवमा चन्द्र प्रकाश वली (सिपी) लाई मनाेनित गर्ने लगायतका निर्णयहरु गरेको छ ।

एमाले बागचौर नगर कमिटीका उप सचीव भुमप्रकाश भण्डारीले कार्य व्यस्तताको कारण गत भदौमा पदबाट राजिनामा दिएपछि नगर उपसचिव पद रिक्त रहेको थियो । सोही रिक्त उपसचिव पदमा वलीलाई मनोनीत गरिएको बताइएको छ ।

बैठकमा एमाले कर्णाली प्रदेश सचिवालय सदस्य तथा सल्यान प्रदेश सभा (क) का उम्मेदवार कुल बहादुर गिरी, एमाले जिल्ला अध्यक्ष गाेबिन्द कुमार पुन , जिल्ला कमिटी सचिवालय सदस्यहरू दिपेन्द्र प्रकाश डिसी, जनक विक, गनेशमान सिंह
निर्मला राेकाय लगाएत नेताहरूले समसामयिक परिस्थिति बारे प्रकाश पारेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज