February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
माओवादीका आधार इलाका भत्काउदै एमाले, बानपा ६ बाट सयौं कार्यकर्ता एमालेमा प्रवेश

माओवादीका आधार इलाका भत्काउदै एमाले, बानपा ६ बाट सयौं कार्यकर्ता एमालेमा प्रवेश

बैशाख १८, सल्यान । सल्यानमा माओवादीका बलियो संगठन भएका इलाकाहरूमा नेकपा (एमाले)ले संगठन बिस्तार कार्यलाई आक्रामक बनाएको छ ।

चुनावी अभियान अन्तरगत माओवादीको गडको रुपमा रहेको जिल्लाको बागचौर नगरपालिका वडा नं ६ को जामुनेचौरमा शनिबार सयौं कार्यकर्ता माओवादी युवा नेता सिपि वलीको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गरेका छन ।


माओवादी परित्याग गरेर एमाले प्रवेश गर्ने कार्यकर्ताहरूलाई नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गुलाबजंग शाहले स्वागत गरेका थिए । सयौं कार्यकर्ता प्रवेश गरेपछि देशभरमा जस्तै बागचौरमा पनि एमाले बलियो बनेको नेता शाहले बताए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज