January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
माओवादी प्रबक्ता महराका स्वकीय सचिवले त्यागे माओवादी

माओवादी प्रबक्ता महराका स्वकीय सचिवले त्यागे माओवादी


८ चैत ,दाङ।

नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष तथा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गर्नु भएको छ।

सामाजिक सञ्जालमा स्टाटस लेख्लै उहाँले पार्टी छोडेको घोषणा गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ : “आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु” ।

आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु ।

जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भूमिकामा आफूलाई उभ्याउने छु।’

लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकाङ्क्षी शर्माले प्रदेश कमिटीमा नपरेपछि असन्तुष्टि जनाउनु भएको हो ।