June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
सल्यानका बिद्यार्थी संगठनहरुले गरे एमसिसीका विरुद्ध बिरोध प्रदर्शन

सल्यानका बिद्यार्थी संगठनहरुले गरे एमसिसीका विरुद्ध बिरोध प्रदर्शन

११ फागुन, सल्यान । सल्यानमा एमसिसीका विरुद्ध विद्यार्थी संगठनले आन्दोलन गरेका छन। नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु ,माओवादी निकट अखिल क्रान्तिकारी र विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी गरि ३ बिद्यार्थी संगठनले संयुक्त रुपमा बिरोध कार्यक्रमको गरेका हुन् ।

एमसीसी नेपालको हित नरहेको र नेपाल र नेपाली जनताको हित बिपरितका कुनै पनि विधेक स्वीकार्य नहुने भन्दै उनिहरुले बिरोध गरेका हुन।

एमसिसी राष्टघाती निर्णय हो यसलाइ कुनैपनि हालतमा यसलाइ पास गर्न हुदैन, देशभन्दा माथी कोही पनि हुन नसक्ने भन्दै देशको विरुद्धमा जाने नेतृत्वलाइ सुरुक्षा घेराबाट बाहिर आउन पनि चुनौती दिएका छन।

संगठनले हिजोपनी श्रीनगरमा बिरोध प्रर्दशन गरेको थियो। उनिहरु देशको रक्षा र स्वाभिमानकालागी ज्यानको बाजि राखेर पनि लडन पछि नहट्ने बताएका छ्न।