नेकपा सल्यान द्वारा एमसिसी सम्झौता विरुद्ध बिरोध प्रदर्शन
भदौ ०७, सल्यान ।
नेपाल कम्युनिस्ट पार्टी सल्यानले एम सी सीकाे विरुद्धमा प्रदर्शन सहित एम सी सीकाे पुतला दहन गरेको छ ।
हालै घाेषणा भएका पार्टीका केन्द्रीय संघर्षका कार्यक्रम अन्तर्गत नेकपा सल्यानलेपनि विरोध प्रदर्शन सहित एम सी सीकाे पुतला दहन गरेको हाे ।
नारा जुलुस सहित प्लेकार्ड बाेकेर जिल्ला सदरमुकाम खलंगाकाे सार्वजनिक बसपार्कमा जम्मा भएका नेकपाका नेता कार्यकर्ताहरुले अपरान्ह ४ बजे राष्ट्रघाति एम सी सीकाे विराेध प्रदर्शन गरेर काेणसभा गरेका थिए ।
काेणसभालाई पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज कमरेड भीम भारती सीले सम्बाेधन गरेका थिए।
काेणसभालाई सम्बाेधन गर्दै जिल्ला इन्चार्ज भीम भारती सीले आधुनिक जमानामा नेपाललाई अमेरिकि साम्राज्यवादकाे क्रिडास्थल बनाउने राष्ट्रघाति एम सी सी नेपाल र नेपालीलाई कदापि स्विकार्य नहुने बताए । नेपाली जनतालाई २१ औं शताब्दीमा अमेरिकि साम्राज्यवादकाे दास बजाउने हिन्द प्रशान्त सैन्य रणनीति र उद्वेश्यकासाथ एम सी सी नेपालमा आएकाे स्मरण गराउदै उनले भने, ‘एम सी सी देखाएर साम्राज्यवादी अमेरिका ले नेपालमा आफ्ना सैन्य अखडा स्थापना गर्न चाहन्छ ।’ कुनै देशले नेपाललाई आर्थिक सहयोग गर्न चाहन्छ भने निसर्त रुपमा सहयोग गर्नुपर्ने भन्दै आफ्नो पार्टी विदेशी सहयोगकाे निरपेक्ष विराेधि नभएको उनले स्पष्ट पारे ।
विराेध प्रदर्शन र काेणसभापछि नेकपा सल्यानले एम सी सीकाे पुतला जलाएको थियो । प्रदर्शन पछिकाे काेणसभालाई विद्यार्थीनेता, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा राप्तिव्युराे इन्चार्ज र सल्यान बहुमुखी क्याम्पसका स्ववियु सचिव राजेन्द्र खडकाले संचालन गरेका थिए ।
विरोध प्रदर्शन, काेणसभा तथा पुतला दहन कार्यक्रममा पार्टीका जिल्ला सचिव कमरेड मदन चन्द सी, अर्का जिल्ला सचिव कमरेड वीर बहादुर सी, युवा संगठन नेपालकाे केन्द्रीय सचिवालय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष कमरेड प्रकाश गिरि सी, पार्टीका जिल्ला सचिवालय सदस्य कमरेड सन्ताेष सी, जिल्ला सदस्य कमरेड राम बहादुर सी, जिल्ला समिति सल्लाहकार कमरेड पिमलाल सी, लगायतका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो ।
लेखकको सम्वन्धमा