January 13, 2025, Monday
२०८१ पुष २९, सोमबार
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा दाङमा  अन्तर्किया कार्यक्रम सम्पन्न

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा दाङमा अन्तर्किया कार्यक्रम सम्पन्न

१०, फागुन दाङ । सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिलाइ लिएर दाङका यातायात व्यावसायीहरु बिच हिजो दाङको तुलसीपुरमा अन्तर्किया कार्यक्रम सम्पन्न गरेका छन ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा दाङ जिल्लाबाट संचालित यातायात प्रालिका प्रमुखहरुको सहभागीता रहेको थियो।

कार्यक्रम बोल्ने यातायात व्यावसायिहरुले सरकारले एक महिना म दुई पट्क सम्म पेट्रोलिएम पदार्थको मुल्य बढाएर यातायात ब्यबसायीको ढाड सेकेको धारणा व्यक्त गरेका छ्न ।

यातायातका साधन अब तिरपाल ओडाएर राख्नको बिकल्प नरेको ऊनीहरुको भनाई रहेको छ। यति महङ्गो तेल हालेर हामी गाडी चलाउन नसक्ने अबस्थामा हामी पुगेका छौ, राप्ती सेवा यातायात प्रालिका अध्यक्ष बिनोद शर्माले भने।

कार्यक्रम मा बोल्दै त्रिसिदेस्वरी यातायात प्रालिका सचीव मीन प्रकाश शर्माले राज्यले सधै आफुहरुलाई उपेक्षित गर्दे आएको र निजि लगानीलाई सम्मान र उनिहरुको समस्या समाधान गर्न तिर नलागेर उल्टै महिनौ पिछे पेट्रोल को भाउ बढाएर आफ्ना यातायात चल्न नसक्ने अबस्थामा ल्याएको गुनासो पोख्नुभयो।

राप्ती अचल संयुत्त ट्रक ब्यबसायी समितिका प्रतिनीधि इश्वर पाण्डेले चौहत्तर रुपैयाबाट बढेर पेट्रोलको भाउ एक सय सताईस पुग्यो, तर हाम्रो ढुवानी भाडा कहिले बढेन ।

राज्यले हामिले थेक्न नसक्ने गरि भाउ बढाएकोले अब आफ्ना ट्रक थन्क्याउन बाध्य हुने बताए ।कार्यक्रम बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष केशवराज भण्डारीले व्यावसायि बाचे मात्र मजदुर बाच्न सक्ने भन्दै यहाँ त व्यावसायि धरासय भइसके, अब मजदुर कसरी बाच्ने? भन्ने चिन्ता सम्पुर्ण मजदुरहरुलाई भएको बताउनुभयो।

कित मुल्य वृद्धि फिर्ता लिनुपर्ने कित भाडा समायोजन हुनुपर्ने उनिहरुको माग रहेको छ।

कार्यक्रम मा दाङका यातायात व्यावसायि,यातायात मजदुर संगठन पत्रकार लागाएतको सहभागीता रहेको थियो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज