January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको बिरोधमा सल्यानमा अनेरास्ववियुको बिरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको बिरोधमा सल्यानमा अनेरास्ववियुको बिरोध प्रदर्शन

जेठ १०, सल्यान। 
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको चरम मुल्यवृद्धिको विरोधमा सल्यानमा प्रदर्शन गरिएको छ।

मंगलवार जिल्ला सदरमुकाम खलंगामा नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरूले र राष्ट्रिय युवा संघ नेपालले पुरानो बसपार्कमा बिरोध  प्रदर्शन गरेका छ्न।

अनेरास्ववियु केन्द्रिय सदस्य तथा निवर्तमान  अध्यक्ष राम बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य महेश देवकोटा र प्रदेश कमिटी सदस्य मनोज सिंहले सम्बोधन गरेका थिए।

नेपाल आयल निगमले आइतबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० र खाना पकाउने ग्याँस सिलिन्डरमा प्रतिसिलिन्डर रु २०० का दरले मूल्य बढाएपछि सो को विरोधमा प्रदर्शन विद्यार्थीहरु उत्रिएका हुन।

बिरोध कार्यक्रमलाइ सम्बोधन गर्दै केन्द्रिय सदस्य राम बहादुर खत्रीले सरकारले मुल्यबृदि नघटाउनजेल सम्म आन्दोलन र सडक संघर्ष जारी रहने बताएका छ्न। यो सरकार जनताको जनताको सरकार नभएकाले जनताको ढाड सेक्नेगरी मुल्यवृद्धि गरेको आरोप समेत लगाएका छ्न।

प्रदर्शनमा सहभागीहरूले जन भावनाको कदर गर मूल्यवृद्धि खारेज गर, अति बढ्यो महंगी बाँच्नलाई नै गाह्रो भो, गठबन्धनको उपहार महंगी र भ्रष्टाचार, ‘चुनाव खर्च उठाउन, पाईँदैन मूल्य बढाउन’, लगाएको नारा लेखेका प्लेकार्ड बोकेका थिए ।