शिवको भक्त रहेको भन्दै आमाछोरी माथी करणी
८ फागुन, दाङ। दाङमा एक व्यक्तिले झारफुक गरिदिने बहानामा एक महिला माथी करणी गरेको घटना सार्वजनिक भएको छ।
गत माघ १९ गते रातको समयमा तुलसीपुर उपमहानगरपालिका–१८ खैरेटी निवासी एक महिलाको घरमा गइ शिवको भक्त भएको भन्दै तुलसीपुर उपमहानगरपालिका–१९ निवासी ३५ वर्षीय गोपाल बिकले महिला माथी बलात्कार गरेका थिए।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनले त्रिशुल प्रहार गरि उक्त महिलाको कपाल काटी त्रसित गराइ करणी गरेको आरोप सहित पिडित महिलाले प्रहरीमा निवेदन दिएकी थिइन।
यसका साथै बिकले पिडित महिलाकी १४ वर्षीय छोरीसंग पिउने पानी मागेको र पानी लिन कोठामा गएको बेला उक्त बालिकालाई पनि बलात्कार गरेको भन्दै बिक विरुद्ध प्रहरीमा उजुरी परेपछि उक्त घटना सार्वजनिक भएको हो ।
उनी विरुद्ध फागुन ५ गते प्रहरीमा उजुरी परेको थियो ।
लगत्तै प्रहरीको गस्तीले बिकलाई तुलसीपुर उपमहानगरपालिका–१९ दुधरास स्थित गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका बिकमाथी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ उपदफा १ र २ मा परिभाषित कसूर अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।।
प्रतिकृया दिनुहोस्