January 17, 2025, Friday
२०८१ माघ ४, शुक्रबार
कार्यालयमै बालिका ब‘ल‘त्कार गरेको आरो’पमा वडा सचिव प’क्रा‘उ

कार्यालयमै बालिका ब‘ल‘त्कार गरेको आरो’पमा वडा सचिव प’क्रा‘उ

असार २८, सल्यान । कार्यालयमै बालिका ब’ल’त्कार गरेको आरोपमा सल्यानको त्रिवेणी गाउँपालिकामा वडा नं ५ का सचिव पक्राउ परेका छन ।

गतवर्ष मात्रै वडा नम्बर ४ का वडा अध्यक्ष कार्यालमै महिलासँग अनैतिक कार्य गरिरहेको अवस्थामा फेला परेका थिए । त्यसको एक वर्ष पछि फेरि उक्त गाउँपालिकाको वडा नम्बर ५ का वडा सचिव अमर कालाथोकीले एक बालिकालाई कार्यालयमै बला’त्कार गरेको आ’रोपमा पक्राउ परेका हुन ।

१८ वर्षीया बालिकालाई बला’त्कार गरेको आरोपमा प्रहरीले वडा सचिव कालाथोकीलाई प्र’हरीले प’क्राउ गरेको छ।

सचिवले यहि असार १९ गते वडा कार्यालयमा नै बला’त्कार गरेको भएपनि बालिकाले २४ गतेमात्र परिवारलाई जानकारी गराएको र परिवारले जाहेरी दिएपछि २४ गते नै प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प’क्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्र’हरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए ।

वडा सचिव कालाथोकीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाई छ ।