May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
एमाले निकट पेशागत महासंघ सल्यानको अधिबेशन सम्पन्न, अध्यक्षमा वली निर्वाचित

एमाले निकट पेशागत महासंघ सल्यानको अधिबेशन सम्पन्न, अध्यक्षमा वली निर्वाचित

पौष १७, सल्यान । नेकपा (एमाले) निकट पेशाकर्मीहरुको संगठन पेशागत महासंघ नेपाल सल्यानको ५ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सल्यान सदरमुकाम खलंगामा सम्पन्न भएको अधिबेशनले प्रशुराम वलीे अध्यक्ष रहेको १७ सदस्यीय पेशागत महासंघ सल्यान जिल्ला समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

महासंघको उपाध्यक्षमा बिष्णु भण्डारी र धुर्वा कुमारी थापा निर्वाचित भएका छन भने सचिवमा दिपक बस्नेत, सहसचिवमा प्रकाश बस्नेत र कोषध्यक्षमा गणेश शर्मा भण्डारी निर्वाचित भएका छन ।

त्यस्तै सदस्यहरुमा विपना कुमारी थापा, अम्मर बहादुर थापा, विकास विसी, नोखिराम थापा, केशरी श्रेष्ठ, केशव थापा, विमल पौडेल, छवि बुढाथोकी, टोपलाल बुढाथोकी, प्रेम सुनार र धन बहादुर घर्ति निर्वाचित भएका छन ।

अधिबेशनले लालबहादुर रावत, दिपेन्द्र प्रकाश डिसी, पूर्ण बहादुर केसी, अमृता शाक्य र भिष्म अधिकारी रहेको ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।

अधिबेशनमा प्रमुख अतिथि एवं नेकपा (एमाले) सल्यान जिल्ला अध्यक्ष तथा कर्णाली प्रदेश कमिटी सदस्य गोविन्द पुन, विशिष्ठ अतिथि पेशागत महासंघ नेपालका केन्द्रिय सदस्य शिव प्रसाद सापकोटा, अतिथिहरु पेशागत महासंघका कर्णाली प्रदेश अध्यक्ष रामबहादुर शाही, नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्यहरु लोक बहादुर डाँगी, भिमबहादुर सेन, दान बहादुर केसी, कुन्ता बस्नेत, मनोज सिंह लगाएत नेताहरुले शुभकामना दिएका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज