रुकुम र सल्यानका दुई समाजसेवी द्वारा बिपन्न बालकको उपचारमा आर्थिक सहयोग
असोज २५, सल्यान । रुकुम सानोभेरी गाउँपालिका १० का बागबिर खड्का र सल्यान कुमाख गाउँपालिका ६ का शिक्षक शुशिलराज आचार्यले आर्थिक अभावमा उपचार हुन नसकेका एक विपन्न वालकको उपचारमा सहयोग गरेका छन ।
लामो समयदेखि निमोनिया र जन्डिसग्रस्त भएपनि आर्थिक अभाव र अन्धविश्वासले स्थानीय धामीझाँक्रीको झारफुकको भरमा उपचार गराइरहेका रुकुम चौरजहारी नगरपालिका १४ का टिकाराम राणाको उद्धार गरि उनिहरूले तुल्सी बाल अस्पताल तुल्सीपुरमा उपचार गराएका हुन ।
रोगले च्याप्दै लगेको र आर्थिक अभावका कारण उपचार हुन नसकेकाले मानव सेवा नै धर्म हो भनी बालको उद्धार गरि उपचारमा सहयोग गरिएको समाजसेवी बागबिर खड्काले बताएका छन ।
बालकको उपचारमा १ लाख २० हजार खर्च भएको र दुई समाजसेवीले आर्थिक सहयोग गरेको बालककी आमा विमला ओलीले बताइन । बालकको उपचार भैरहेको र थप खर्च पनि ब्यहोर्ने सहयोगीहरूले बताएका छन ।
प्रतिकृया दिनुहोस्