May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार
दुवै मृगाैलामा समस्या भइ उपचाररत चित्र रेउलेलाई पुनः एक लाख बढी आर्थिक सहयोग

दुवै मृगाैलामा समस्या भइ उपचाररत चित्र रेउलेलाई पुनः एक लाख बढी आर्थिक सहयोग

असार १८, सल्यान । दुवै मृगाैलामा समस्या आई उपचाररत शा न पा चैबाङ निवासी चित्र रेउलेलाई शारदा नगरपालिका १ मा रहेकाे Common youth group ले पुन आर्थिक सहयाेग गरेकाे छ ।

शा न पा वडा न १ का वडा अध्यक्ष नवराज बुढाथाेकी र वडा सचिव भिम ब घर्तिकाे उपस्थितिमा रु १ लाख, १ हजार ६ सय ९८ सहयाेग हस्तान्तरण गरिएकाे छ ।

विरामीलाई बचाउन सहयाेग संकलन गरियकाे अभियान्ता खेमराज बाेहराले जानकारी दिय ।

अभियान्ता विनाेद चलाउनेले सहयाेग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरेका छन् । विरामीलाइ उपचारका लागि ठुलाे रकम आवश्यक रहेकाले सहयाेग संकलन कार्य जारी रहेकाे अभियान्ता भिम ब खडकाले जानकारि दियका छन् ।

शा न पा १ का वडा अध्यक्ष नवराज बुढाथाेकीले सहयाेग गर्ने सम्पुर्ण सहयाेगीहरुलाई धन्यबाद दिदै विरामिकाे आर्थिक अबस्था कमजाेर भयकाले सहयाेग गर्न ईच्छा भयका सबैलाई सहयाेग गरिदिन आग्रह गर्नु भयकाे छ ।

अभियान्ता महेन्द्र बस्नेतले यस अघि पनि common youth group ले विरामी रेउलेलाई रु १७०८१३ सहयाेग गरेकाे जानकारी दिएका छन् भने सामाजिक कार्यमा समय दिन पाउँदा आत्म सन्तुष्टि मिल्ने बस्नेतकाे अनुभव छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज