September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
कमन युथ ग्रुप द्वारा दुबै मृगाैलामा समस्या भइ उपचाररत चैबाङका चित्र रेउलेलाई डेढ लाख बढी सहयोग

कमन युथ ग्रुप द्वारा दुबै मृगाैलामा समस्या भइ उपचाररत चैबाङका चित्र रेउलेलाई डेढ लाख बढी सहयोग

असार १२, सल्यान । कमन युथ ग्रुप दुबै मृगाैलामा भइ उपचाररत शारदा नगरपालिका १ चैबाङका चित्र रेउलेलाई डेढ लाख बढी सहयोग गरेको छ ।

दुबै मृगाैलामा समस्या आई विगत लामाे समयदेखि उपचाररत रेउलेको आर्थिक अभाबका कारण उपचारमा समस्या भयकाले common youth group ले १ लाख ७० हजार ८ सय १३ संकलन गरी हस्तान्तरण गरेकाे हो ।

रेउलेको उपचारको लागि देश विदेश बाट सहयाेग गर्ने सबै सहयोगीहरू लाई अभियान्ता भिम बहादुर खडकाले धन्यबाद दिएका छन ।

शा न पा १ चैबाङका युवा एकजुट भई कार्य गर्दै आयकाले एकता भए केही पनि असम्भव नहुने शा न पा १ का वडा सदस्य तथा अभियान्ता गणेश बहादुर बुढाथाेकिले बताए ।

त्यस्तै अभियान्ता महेन्द्र बस्नेतले common youth group ले यसभन्दा पहिला पनि ब्लड क्यान्सर पिडित किरण नेपालीलाई लागि रु ८०,००० हजार, ब्लड क्यान्सर पिडित बसन्ति बि क लाई रु ५०, ००० हजार र जिर्ण बनेकाे खानेपानी ट्याङ्की निर्माणका लागि रु १,३०,००० हजार सहयाेग गरेकाे बताए ।

समाज सेवाका लागि समय दिन पाउँदा सन्तुष्टी मिल्ने बस्नेतको अनुभव छ । त्यस्तै विरामीकाे आर्थिक अबस्था कमजाेर भयकाले अभियान्ता पुष्पा बुढाथाेकीले सबैलाई सहयाेग गरीदिन आग्रह गरेकि छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज