September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
तेस्रो विवाह गरेर जेल परेका वडाध्यक्षलाई राष्ट्रपतिले माफी दिईन, एमालेले पार्टी प्रवेश गरायो

तेस्रो विवाह गरेर जेल परेका वडाध्यक्षलाई राष्ट्रपतिले माफी दिईन, एमालेले पार्टी प्रवेश गरायो

असोज ११, सल्यान । तेस्रो विवाह गरेर कैद सजाय भुक्तान गरिरहेका सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडाध्यक्ष इन्द्र बहादुर कुमाईलाई असोज ३ गते संविधान दिवासको अवसरमा राष्ट्रपति द्वारा आम माफी दिईयो ।

असल चालाचलन भएको कैदीबन्दीलाई संविधान दिवसमा आम माफी दिने परम्परा अनुसार सल्यान जिल्ला कारागारको जेलर र प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईको सिपारिसमा कैद सजाय नसकिदै उनलाई राष्ट्रपति बाट आम माफी दिईएको थियो ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र बाट वडाध्यक्षमा निर्वाचित भएका कुमाई बहु विवाह मुद्धामा जेल चलाउन भएपछि उनि पदमुक्त भएका थिए । तर संविधान दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएपछि असोज १० गते उनले नेकपा एमालेमा प्रवेश गरेका छन ।

उनलाई नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गराएका हुन् । पार्टीको अगुवा कार्यकर्ता भेलामा उनी सहित दुई दर्जन भन्दा वढि कार्यकर्ताले पार्टी प्रवेश गरेको नेकपा एमाले नगर कमिटी सदस्य दलवहादुर वस्नेतले जानकारी दिए ।

घरमा दुइवटी श्रीमती हुँदा हुँदै वडाध्यक्ष इन्द्र कुमाइले गतवर्ष २०७७ को मंसिर १ गते तेस्रो श्रीमतीको रुपमा अर्काको श्रीमतीलाइ भगाएर बिहे गरे ।

०७७ मंसिर १९ गते प्रहरीले उनलाइ पक्राउ गरेर बहुविवाह कसुरमा मुद्दा चलायो । जिल्ला अदालत सल्यानले ०७७ फागुनमा वडाध्यक्ष सँगै उनकी कान्छी श्रीमती दुईजनालाई एक वर्ष कैद सँगै १० हजार जरिवानाको फैसला सुनाएको थियो ।

कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीको सिपारिसमा संविधान दिवसमा राष्ट्रपतिले आम माफी दिने परम्परा छ । तर कर्तव्य ज्यान मुद्धा (भवितव्य) र राजनितिक मुद्धा वाहेक अन्य मुद्धामा आम माफी दिन सिपारिस गर्ने परम्परा नभएको जानकारहरु बताउन छन ।

दुई श्रीमती हुदाहुदै तेस्रो विवाह गर्ने वडाध्यक्ष सहित सल्यानमा सात कैदीलाई आममाफी

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज