September 22, 2026, Tuesday
२०८३ आश्विन ६, मंगलवार
सल्यानमा तिन दिन देखी बेप’त्ता वडाध्यक्ष, परिवारको फोन सम्पर्कमा आए

सल्यानमा तिन दिन देखी बेप’त्ता वडाध्यक्ष, परिवारको फोन सम्पर्कमा आए

असोज १३, सल्यान । सल्यानमा तिन दिन देखी सम्पर्क बिहिन भएका एक वडा अध्यक्ष परिवारको फोन सम्पर्कमा आएका छन् । तिन दिन देखी परिवारबाट सम्पर्क बिहिन भएका शारदा नगरपालिका – १३ का वडा अध्यक्ष तुल्सी रावत मंगलबार परिवारको फोन सम्पर्कमा आएका हुन् ।

असोज १३ गते मंगलबार वडा अध्यक्ष रावत परिवारको फोन सम्पर्कमा आएको र उनले परिवार सँगको कुरामा आफु ठिकै रहेको र छिट्टै घर फर्केर आउने बताएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताउनु भयो ।

रावत असोज ११ गते घरबाट सदरमुकाम खलंगा जान्छु भनेर गएको र त्यसपछिबाट परिवारको सम्पर्कमा नरहेको पारिवारिक स्रोतले बताएको थियो । वडाध्यक्षको खोजतलास गर्दिन परिवारले प्रहरीमा सुचना दिए लगतै वडा अध्यक्षको खोजतलाश शुरु भएको थियो । तर रावतको अवस्था बारे थप जानकारी पत्ता नलागेको प्रहरीको भनाइ छ ।