December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
सम्पर्क बिहिन वडाध्यक्ष भेटिए, प्रहरी भन्छ- ‘घटनामा विप्लव कार्यकर्ताको संलग्नता पुष्टि भएको छैन’

सम्पर्क बिहिन वडाध्यक्ष भेटिए, प्रहरी भन्छ- ‘घटनामा विप्लव कार्यकर्ताको संलग्नता पुष्टि भएको छैन’

असोज १५ सल्यान । चार दिन देखि सम्पर्क बिहिन भएका सल्यान शारदा नगरपालिका वडा न. १३ का वडाध्यक्ष तुलसीराम रावत फेला परेका छन् । सम्पर्क बिहिन भएको चारदिनपछि उनि दाङको तुलसीपुरमा फेला परेका हुन् ।

रावत असोज ११ गते सदरमुकाम खलङ्गा जान्छु भनेर घर बाट हिडेका थिए। त्यसपछि उनि परिवारबाट सम्पर्क बिहिन भएका थिए । परिवारको सम्पर्कमा नआएपछि खोजी गरिदिन परिवारले प्रहरीमा सुचना दिएको थियो ।

घर नगएपछि रावतले छोरालाई फोन गरेर म जिल्लामै बस्छु भनेका थिए। अर्को दिन फेरि फोन गरेर मेरो खातामा २० हजार रुपैयाँ पठाइ देऊ भनेपछि उनी अपहर’णमा परेको आशंका गरिएको थियो। मंगलबार दिनभरि भने उनको मोबाइल स्वीचअफ गरिएको थियो।

अपह’रण वा सम्पर्क बिहिन हुनुमा विप्लव नेकपाको संलग्नताको आशंका गरिएको थियो । तर असोज १३ गते नै एक प्रेस बिज्ञप्ती जारी गर्दै विप्लव नेकपाले उक्त घटनामा आफ्नो संलग्नता नभएको बताईसकेको छ ।

बुधवार तुलसीपुरमा भेटिए पश्चात प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहलाई उदृत गर्दै सेतोपाटी डटकमले ‘चार दिन हराएर भेटिएका वडाध्यक्ष भन्छन – विप्लव कार्यकर्ताले या’तना दिएपछि दाङ झरे’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

‘प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार बुधवार तुलसीपुरको एक मः म पसलमा फेला परेका वडाध्यक्ष तुलसीराम रावतले प्रहरी समक्ष विप्लवका कार्यकर्ताले चन्दा मागेर यातना दिएको बताएका हुन्। ‘सेतोपाटीले लेखेको छ – ‘विप्लव कार्यकर्ताले चन्दा मागेर या’तना दिएपछि चन्दाको व्यवस्था गर्न दाङ झरेको भन्ने बयान गर्नुभएको छ,’ उनले सेतोपाटीसँग भने।’

सेतोपाटीका अनुसार, अरू जम्मैले चन्दा दिइसकेका र आफूले मात्रै नदिएको हुँदा विप्लवका कार्यकर्ताले आफुलाई सारै टर्चर दिएको भनेर रावतले प्रहरीलाई बयान दिएका थिए ।

‘वडाध्यक्ष रावतले प्रहरीसमक्ष बुधवार मात्रै आफूले घोराहीस्थित एउटा पसल सञ्चालकलाई २५ हजार रूपैयाँ आइएमई गरेर पठाई दिएको र कोही माग्न आए दिनु भन्ने आग्रह गरेको बयान दिएका छन्।’ सेतोपाटीले लेखेको छ ।

तर जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोबिन्द थापाले भने घटनामा विप्लव कार्यकर्ताको संलग्नता पुष्टि नभएको बताउनु भएको छ । बिहिबार नयाँ दृष्टि डटकमलाइ प्रतिक्रिया दिदै डिएसपी थापाले भन्नु भयो – ‘उहाँको आफ्नै प्रशनल (व्यक्तिगत) व्यवसायिक कारणले आफै सम्पर्क बिहिन भएको बुझिएको छ । घटनामा विप्लव कार्यकर्ताको संलग्नता अहिलेसम्म पुष्टि भएको छैन ।’

उनलाई अहिले परिवारको जिम्मा लगाइएको र थप अनुशन्धान जारी रहेको डिएसपी थापाले बताउनु भयो । रावत गत शनिबार सल्यानको सितलपाटीबाट नाइट बस चढेर दाङको तुलसीपुरस्थित बीपी चोकमा झरेका बुझिएको छ ।