September 25, 2026, Friday
२०८३ आश्विन १०, शनिबार
आगामी निर्वाचन पछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्ने माधवलाई ओलीले दिए यस्तो जवाफ

आगामी निर्वाचन पछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्ने माधवलाई ओलीले दिए यस्तो जवाफ

असोज १०, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारबाट हट्दैमा आत्तिनुनपर्ने बताएका छन् । क्षणिकरुपमा धक्का खाएको भए पनि पार्टी सम्हालिएर अगाडि बढेको भन्दै उनले चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको बताए ।

पार्टी केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको क्रममा आएको सुझावबारे जवाफ दिँदै ओलीले आफ्नो नेतृत्वको सरकारले जनता र देशको पक्षमा काम गरेको बताए । ‘हामीले देश र जनतापक्षमा धेरै असाधारण कामहरू गरेका छौं, चुनावमा कसरी भोट माग्ने होला भन्ने अवस्था छैन,’ ओलीले भने, ‘एउटा पनि काम नगरेकाहरू त चुनावमा जाने भन्दैछन्, हामी किन डराउने रु’ एमालेलाई सरकारबाट हटाइए पनि पार्टीलाई ठूलो नोक्सान नभएको उनले बताए ।

‘अहिले एकछिन कुनै कारणले धक्का खायौं, सेटब्याक भयो तर हामीलाई खासै नोक्सान भएन । सम्हालिएर अघि बढ्यौं । फेरि पनि सम्हालिएरै अघि बढ्नेछौं,’ ओलीले भने । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अभिव्यक्तिलाई पनि ओलीले जवाफ दिए ।

‘मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो,’ ओलीले भने ।