May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
सल्यानको दुरुमखाेलामा विभिन्न पार्टी परित्याग गरि ९ जना एमालेमा प्रवेश

सल्यानको दुरुमखाेलामा विभिन्न पार्टी परित्याग गरि ९ जना एमालेमा प्रवेश

दुर्गा विसि / साउन २४, सल्यान । सल्यानको निगाल्चुला ( दुरुमखाेला )मा विभिन्न पार्टी परित्याग गरि ९ जना स्थानीय कार्यकर्ताले एमालेमा प्रवेश गरेका छन । पार्टीको संगठन तितरबितर भैरहेको बेला स्थानीय स्तरमा उनिहरू एमालेमा प्रवेश गरेका हुन ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं १२ काे दुरुमखोलाको टोलमा नेकपा एमालेको टोल कमिटी गठन कार्यक्रममा उनिहरूले प्रवेश गरेका हुन ।

विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेको लहर वढेकाे नेकपा एमालेका युवा नेता तथा वडा अध्यक्ष गाेविन्द डाँगीले वताए । नव प्रवेशिलाइ स्वागत गर्दै पार्टीको निति कार्यक्रम आगामी रणनीतिको बारेमा स्थानीय नेता डाँगीले प्रकाश पारेका थिए ।

नवप्रवेशी शेरबहादुर खड्का, गंगाराम खत्री, ओबिर खड्का, रेसम खड्का, महेन्द्र बिक, तिलक बिक, राजकुमारी बिक, बिमला बिक र रुपकला बिकलाई डाँगीले टीका लगाइ स्वागत गरेका थिए ।

एमालेले टाेलमा पुगेर पार्टी सुदृढीकरण अभियान सञ्चालन गरेका छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज