May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
राष्ट्रियसभा सदस्यको लागि एमालेको उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्यको लागि एमालेको उम्मेदवारी दर्ता

वैशाख २४, काठमाडौं । राष्ट्रियसभा सदस्यको उपचुनावको लागि एमालेको उम्मेदवारी दर्ता भएको छ । गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादलले जेठ ६ गते राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीले निर्णय गरेपछि सिम्रिक एयरको हेलिकप्टरबाट एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितका हेटौंडा पुगेका बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन् । समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।

वागमती प्रदेशबाट २०७४ फागुनमा भएको राष्ट्रियसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको उम्मेदवार बनेर एमालेको समर्थनमा जितेका बादल सर्वोच्चको फैसलापछि पुनःस्थापित एमालेमा प्रवेश गरेका थिए । उनी एमाले प्रवेश गरेपछि माओवादीले रिक्त गराएको राष्ट्रियसभा सदस्यको उपचुनाव जेठ ६ गते हुँदैछ । बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा कांग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनेका छन् ।

नेकपा एमालेको माधव नेपाल पक्षका खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगको कार्यालय हेटौंडामा देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

देवकोटाले आफ्नो प्रस्ताव माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेसका जनप्रतिनिधि रहेको बताए । देवकोटाको प्रस्तावमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले बसेकी छन् ।

नेपाल पक्षका देवकोटाको उम्मेदवारी दर्तामा कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया पनि सहभागी थिए । त्यस्तै नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ।

शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो। यसअघि जित सुनिश्चित नभएसम्म चुनाव नलड्ने अडान थापाले लिएका थिए। उम्मेद्वारी दर्ता गराउन बादल पनि हेटौडा तर्फ प्रस्थान गरेका छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज