June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
एमाले स्थायी कमिटी बैठक सकियो, प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा

एमाले स्थायी कमिटी बैठक सकियो, प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा

वैशाख २३, काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक भर्खरै सकिएको छ । बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सकिएको हो । संसदबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको प्रतिनिधिसभाको बैठक, दलहरूसँग भएका छलफल र समसामयिक विषयमा बैठक केन्द्रित भएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको बैठक र दलहरूसँग भएका छलफलको बारेमा जानकारी दिइएको थियो ।

माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस, माओवादीसहितका दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेको सन्दर्भमा एमाले बैठक बस्न लागेकाले थप कारवाहीको सम्भावना रहेको बताइएको छ । एमाले केन्द्रीय कमिटीले कारवाही लगायतका निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।