May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
सल्यानमा माधव पक्षमा लागेका वडाध्यक्ष सहित ४ जनप्रतिनिधिलाई कार्बाही गर्न सिपारिस

सल्यानमा माधव पक्षमा लागेका वडाध्यक्ष सहित ४ जनप्रतिनिधिलाई कार्बाही गर्न सिपारिस

बैशाख १४, सल्यान । कुमाखमा नेकपा एमालेको चुनाव चिन्ह लिएर वडा नं. २ मा जितेका जनप्रतिनिधिले पार्टी विरोधि गतिविधि गरेको भन्दै कार्वाहिका लागि सिफारिस गर्ने जनाएको छ ।

पार्टीबाट जितेका जनप्रतिनिधिले निधि विधि विपरित पार्टिभित्र गुटको राजनीति गरेको भन्दै गाउँ कमिटीमा सिफारिस गरिएको विस्तारित वडा कमिटीका पुर्ण बहादुर बुढाथोकीले जानकारी दिएका छन ।

वडाध्यक्ष शेर बहादुर रावत तथा सदस्यहरु नर बहादुर बुढाथोकी, पुसविर बुढा र खगिसरा वली खत्रीलाई कारवाहीको लागि सिफारिस गरिएको हो । सिफारिस गर्नुपुर्व एमालेले वडामा पार्टीको नयाँ कमिटी पनि निर्माण गरेको छ ।

केन्द्रमा नेताहरु विभाजित भएपछि केपी वली पक्षको नेकपा एमालेले कुमाखको वडा नं. २ बाट कमिटी विस्तारको गर्दै माधव नेपालको पक्षमा उभिएका जनप्रतिनिधिलाइ कार्वाहीको थालनी गरेको हो ।

पार्टीको भेलाबाट १५ सदस्यीय वडा कमिटी निर्माण भएको छ । पार्टीको वडाध्यक्षमा पुर्ण बहादुर बुढाथोकी र सचिवमा बाबुराम जैसी चयन भएका छन । कार्यक्रममा पार्टीका गाउँ कमिटी अध्यक्ष भैरव बहादुर शाहको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलामा पार्टीका गाउँ कमिटी सचिव तारा बहादुर योगी, युवासंघका जिल्ला सदस्य शेर बहादुर चन्द लगायतका नेताहरुको उपस्थिती रहेको थियो । कोभिड १९ बढेकाले अवका दिनमा भेला सम्मलेलन जस्ता कार्यक्रम नगर्ने पनि एमालले निर्णय गरेको छ ।

त्यस्तै वडाका ७ वटा टोलका नेतृत्वको पनि एमालले टुंगो लगाएको छ । बारुलेमा पर्ने १ नं टोलमा पदम बहादुर बुढाथोकी, नेटा बजार र काप्रामा पर्ने २ नं टोलमा घन प्रसाद रेग्मी, नारायण टाकुराको ४ नं टोलमा मिनराज शाही, कैनकाँडामा पर्ने ६ नं टोलमा भोला रावत र डाडाकटेरीमा पर्ने ७ नं. टोलमा गोपाल खत्रीलाइ जिम्मेवारी प्रदान गरिएको छ ।

३ र ५ नं मा पर्ने रुमालगाउँ र खारखोलामा भने वडा कमिटीकौ बैठकले टुंगो लगाउने छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज