May 16, 2024, Thursday
२०८१ जेष्ठ ४, शुक्रबार
सल्यानमा काेभिड -१९ विरुद्ध दोस्रो डाेज खोप लगाएका एक व्यक्तिलाई कोरोना संक्रमण

सल्यानमा काेभिड -१९ विरुद्ध दोस्रो डाेज खोप लगाएका एक व्यक्तिलाई कोरोना संक्रमण

दुर्गा विसि / बैशाख १४, सल्यान । सल्यानकाे सल्लीबजारमा रहेको लक्ष्मि बैंकका एक कर्मचारीमा काेराेना पुष्टि भएको छ ।

दोस्रो डाेज खाेप लगाएका उनमा ज्वरो अाउने, टाउको दुख्ने जस्ता लक्ष्यण देखिए पछि काेभिड चेकजाँच गरिएको थियोे ।

सुर्खेतको मेहलकुना अस्पतालमा गरिएको चेकजाँचले उनलाई काेराेना संक्रमण पुष्टि गरेको हो । कर्मचारीलाई काेराेना देखिए पछि बैंकको सेवा सञ्चालन हुने वा नहुने भन्ने कुरामा दुविधा रहेको जनाइएको छ ।

बैंक बन्द गर्नका लागि स्थानीय तहको अनुमति चाहिन्छ तर त्यो अनुमति नपाएकोले केही भन्न सकिने अवस्था नरहेको बैंकले जनाएको छ ।

काेभिड – १९ विरुद्धको दोस्रो चरणको खाेप लगाएकालाई नै सल्यानको सल्लीबजारमा काेराेना संक्रमण देखिएको यो घटना सल्यानमै पहिलो पटक हो । उनलाई लक्षण सहितको काेराेना देखिएको वताइएकाे छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज