March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
जिल्ला समन्वय समिति रुकुम पश्चिममा प्रमुखले गाडी नदिएपछि उपप्रमुख द्वारा कार्यालयमा तालाबन्दी

जिल्ला समन्वय समिति रुकुम पश्चिममा प्रमुखले गाडी नदिएपछि उपप्रमुख द्वारा कार्यालयमा तालाबन्दी

चैत १७, रुकुम पश्चिम । जिल्ला समन्वय समिति रुकुम पश्चिममा समन्वय प्रमुख राज कुमार शर्माले आफुलाई हेरक गतिविधिमा पन्छाउने गरेको उपप्रमुख इन्दिरा बिएमले आराेप लगाएकि छिन । आफू महिला भएकै कारणले हरेक गतिविधिमा विभेद गरेको भन्दै उनलेे आइतबार साँझ समन्वय समितिकाे मुल गेटमा ताल्चा समेत लगाएकाे खबर बाहिरीएकाे छ।

तत्कालीन माओवादी बाट प्रतिनिधित्व गरेका समन्वय प्रमुख र उपप्रमुखकाे विवाद अहिले सतहमा पुगेको छ । “सधैं हरेक क्रियाकलापमा अन्याय र विभेद भएपछि विद्रोह गरेको हुँ” उपप्रमुख विएमले तालाबन्दी गरेको कुरा स्विकार्दै भनिन् – “पार्टीले हामीलाई जहाँ अन्याय र अत्याचार हुन्छ त्यँहा विद्रोह र प्रतिकार गर्नुपर्छ भन्ने सिकायाे त्यहि कुरा मैले लागू गरेको हुँ” ।

“राज्यको सम्पत्ति मनपरि दुरुपयोग देखि अन्य एकलौटी गतिविधि मलाई मन परेन र आवाज उठाए त्यसपछि झन मलाई पेल्न खाेजियाे”, उनले भनिन् । प्रमुख शर्मा र उपप्रमुख बिएम दुबै द्वन्द्वकालमा माओवादी कार्यकर्ता बनेर लामाे समय संघर्ष गरेका हुन तर यी दुबैकाे विवादले नेकपा माओवादी केन्द्र रुकुम पश्चिम भित्र हलचल मच्चिएकाे छ । याे विवाद प्रदेश सांसद गाेपाल शर्मा अनल हुदै जनार्दन शर्मा प्रभाकर सम्म पुगेको स्रोत बताउँछ ।

आइतबार साँझ जिल्ला समन्वयमा तालाबन्दी गरेर साेमबार बिहानै एउटा कार्यक्रममा भाग लिन तर्फ इन्दिरा कैलाली तर्फ हिडेकि थिइन । मुलगेटमा लगाएको ताला भने तत्कालै प्रदेश सांसद गाेपाल शर्मा अनलले फाेडेकाे स्रोतले बताउछ । “याे हिजोको मात्रै विवाद हाेइन, जब मैले पदभार गरि जिम्मेवारीमा बसे, त्यतिबेला देखि मलाई अन्याय गरिदै आएको हाे” बिएम भन्छिन् । यसबारेमा जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्मा सँग थप बुझ्ने प्रयास गरेपनि शर्मा बैठकमा छु भनेपछि थप बुझ्ने प्रयास सफल हुन सकेन ।

यस्तो छ, तालाबन्दी काण्ड :

धनगढीमा आज बाट सुदुरपश्चिम र कर्णाली प्रदेशका जिल्ला उपप्रमुखहरुकाे अनुभव तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुरु हुदै छ । उक्त कार्यक्रममा भाग लिन उपप्रमुख इन्दिराले प्रमुख राज कुमार शर्मा सँग अनुमति मागेकि थिइन ।राज कुमारले सुरुमा आफू पनि सँगसँगै जाने आश्वासन दिए ।तर फेरि एकछिन पछि आफू नजाने जानकारी दिए । शर्मालाई इन्दिराले तपाईं नजाने भए कि मलाई गाडी दिनु, नभए म रिजर्भ गाडीमा जान्छु भनिन् । तर आफ्नो गाडी पनि नदिने , रिजर्भ गाडीको पैसा पनि भुक्तानी नदिने भन्दै शर्माले नियमित चल्ने गाडीमा जान आग्रह गरे । नियमित गाडीमा जादा कार्यक्रममा समयमै पुग्न नसकिने भएकोले उनलेे रिजर्भ गाडीको लागि फेरि अनुरोध गरिन । तर कुनै हालतमा रिजर्भ गाडीको भुक्तानी दिन नसक्ने भन्दै शर्माले सिधै इन्कार गरे ।त्यसपछि सधैं आफुलाई यस्तै अन्याय र विभेद हुने गरेको अनुभुती इन्दिरालाई भयो ।

उनलेे समन्वयकाे ड्राइभर सहिद विजय घलेका छाेरा हेमराज घर्तीलाई गाडीको साँचो मागिन ।ड्राइभर घर्तीले बरु याे विवाद समाधान गर्न नेकपा माओवादी केन्द्र रुकुमका अध्यक्ष तथा प्रदेश सांसद गाेपाल शर्मा अनल,जनार्दन शर्मा सम्म फाेन गरेर विवाद बारे जानकारी गराए ।माथिल्लो स्तर सम्म कुरा पुग्दा पनि विवाद समाधान तर्फ अगाडि बढेन्। त्यसपछि इन्दिराले एउटा अर्को ताला किनेर समन्वय समितिकाे मुल गेटमा तालाबन्दी गरिन ।साँझ ८ बजे आसपासमा सांसद गाेपाल शर्माले उक्त तालाबन्दी फाेडेकाे बताइन्छ ।

हाम्रा खबर डटकम बाट साभार ।