September 29, 2026, Tuesday
२०८३ आश्विन १३, मंगलवार
राप्रपा बाट चुनाव लडेकी सार्की, चुनाव जितेकै दिन नेपाली काँग्रेसमा प्रवेश

राप्रपा बाट चुनाव लडेकी सार्की, चुनाव जितेकै दिन नेपाली काँग्रेसमा प्रवेश

दुर्गा बिसी / चैत २, सल्यान । उद्योग वाणिज्य संघ सल्यानको निवार्चनमा सयुक्त प्यानलबाट विजय भएकी उम्मेद्वार लक्ष्मी सार्कीले राप्रपा परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गरेकी छन । फागुन २९ गते सम्पन्न उद्योग वाणिज्य संघ सल्यानको निवार्चनमा महिला सदस्य पदमा विजयी भएको दिनमा नै उनले नेपाली काग्रेस प्रवेश गरेकि हुन ।

 

उद्योग वाणिज्य संघ सल्यानको चुनावमा नेपाली काग्रेस, नेकपा एमाले के.पी. समुह र राप्रपाको तालमेलमा सहभागी भएर चुनावी माहोलमा होमीएकी सार्कीले मत परिणम सार्वजनिक भएको दिनमा नै पार्टी प्रवेश गरेकी हुन । राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानको जिल्ला कमिटि सदस्य रहेकी सार्कीले बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. १ सल्लीबजारमा ब्यवसाय गर्दै आएकी छन ।

विजय भएकी सार्कीलाई शारदा नगरपालिका सल्यानका नगरप्रमुख तथा नेपाली काग्रेस सल्यानका युवा नेता सुरेश अधिकारीले पार्टी प्रवेश गराएर स्वागत गर्नुभएको हो । स्वागत कार्यक्रममा बोल्दै अधिकारीले विजयी उम्मेद्वारलाई स्वागत गर्दै पार्टी प्रवेश गराउन पाउदा आफुलाई खुसी लागेको बताउनु भयो ।