ट्राफिक व्यवस्थापनको लागी सल्यानको थारमारे बजारमा ट्राफिक आइलन निर्माण
खेमराज सुनार / फागुन २२, सल्यान । सल्यानको बागचौर नगरपालिका २ थारमारे बजार क्षेत्रमा बढ्दो सवारी साधनबाट हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्नेगरी ट्राफिक आइलन निर्माण गरिएको छ ।


थारमारे बजार व्यवस्थापन समिती र थारमारे ट्राफिक पोष्ट प्रमुख हवल्दार श्री विरेन्द्र कठायतको सयुंक्त अग्रसरता तथा बागचौर नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को स्वीकृत बजेट कार्यक्रम अनुसार थारमारे बजारमा ट्राफिक आइलन निर्माण गरिएको हो ।
निर्माण गरिएको ट्राफिक आइलनको शुक्रबार एक कार्यक्रमका बिच बागचौर नगरप्रमुख लोकमान बुढाथोकीले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले बजार क्षेत्रमा बढ्दो सवारी साधनबाट हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा आइनलले सहयोग पुग्ने बताउनु भयो ।













प्रतिकृया दिनुहोस्