June 24, 2026, Wednesday
२०८३ असार १०, बुधबार
सुर्खेत ट्राफिकले तानिदियो, चर्को आवाज निकाल्ने मोटरसाइकलका साइलेन्सर पाइप

सुर्खेत ट्राफिकले तानिदियो, चर्को आवाज निकाल्ने मोटरसाइकलका साइलेन्सर पाइप

पौष ७, सल्यान । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ठूलो आवाज निकाल्ने तीन दर्जन बढी मोटरसाईकलका साइलेन्सर तानेको छ । सवारी ब्यवस्थापन तथा ध्वनी प्रदुषण न्युनिकरण गर्ने उदेश्यले प्रहरीले बुलेट मोटरसाईकलका साइलेन्सर तानेको हो ।

सडकमा हिड्ने नागरिकहरुलाई समेत त्रसित बनाएर ठूलो आवाज निकाल्ने ३५ ओटा बुलेट मोटरसाईकलका साइलेन्सर निकालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

ध्वनी प्रदुषण नियन्त्रण गर्न एक महिने अभियान नै सञ्चालन गरेको ट्राफिक प्रमुख आचार्यले बताए । ‘नयाँ मोटरसाईकल खरिद गर्दा हुने वास्तविक ध्वनीलाई मोडिफाई गरेर ध्वनी बढाइएको पाएपछि कारवाहीका लागि साइलेन्सर तानेका हौं,’

आचार्यले भने, ‘सम्बन्धी सवारी धनीले वीरेन्द्रनगर बजार क्षेत्रमा साईलेन्सर मोडिफाई नगर्ने प्रतिवद्धता जनाएपछि मात्रै कारवाही गरेर छाड्ने छौं ।’ उनले सवारी मापदण्ड अनुसार आफु खुसी स्वरुप परिवर्तन गर्ने र ध्वनी प्रदुषण असर पुर्याउने सवारी देखेमा तत्काल प्रहरीलाई खवर गरिदिन अपिल गरेका छन् ।