June 24, 2026, Wednesday
२०८३ असार १०, बुधबार
आवत जावतमा सहजता मिलाउन, सल्यान ट्राफिक द्वारा यात्रु सहायता कक्ष स्थापना

आवत जावतमा सहजता मिलाउन, सल्यान ट्राफिक द्वारा यात्रु सहायता कक्ष स्थापना

असोज २१, सल्यान । नजिकिदै गरेको दशै, शुभ दिपावली तथा छठ पर्वको अवसरमा हुने यात्रु बर्गहरुको चापलाई व्यवस्थित गर्न, यात्रुहरु माथि हुने दुर्ब्यवहार रोक्न र सार्वजनिक यातायातका सवारीहरुमा यात्रुहरुलाई आवत जावतमा सहज वातावरण मिलाउन जिल्ला ट्राफिक कार्यालय सल्यानले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

सवारीसाधान चढ्दा यात्रुहरुलाई हुने हैरानी, बढी भाडा अशुली तथा असहजता व्यवस्थापन गर्न र सुरक्षित यात्रा गराउनको लागी जिल्लाको शारदा नगरपालिका वडा नं-१ सितलपाटी बसपार्कमा यात्रु सहायता कक्ष स्थापन गरेको हो ।

आउदै गरेको महान चाड को अवसरमा सवारी साधनमा सवार यात्रुहरुको पिरमर्का, गुनासो सुनि गल्ती गर्ने सवारी साधनलाई कारबाही गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख प्रहरी सहायक निरीक्षक सन्दीप बिकले बताउनु भयो ।

बुधबार जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख प्रहरी सहायक निरीक्षक सन्दीप बिक र सितलपाटि ईलाका प्रहरी कार्यालय श्रीनगरका प्रहरी नायब निरीक्षक दत बहादुर मल्ल बाट व्यानर देखाई विधिवत रुपमा यात्रु सहायता कक्ष संचालन गरिएको हो ।

साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका सम्पूर्ण अस्थाई ट्राफिक प्रहरी पोष्टहरुमा समेत यात्रु वर्गहरुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रमुख बिकको भनाइ छ ।