रुकुम पश्चिममा नेकपाको ‘एकीकृत जनदिशा अभियान’को समिक्षा, विकसित घटनाक्रमबारे छलफल
फागुन १९, रुकुम पश्चिम । रुकुम पश्चिममा विप्लव नेकपाको ‘एकीकृत जनदिशा अभियान’को समिक्षा तथा वर्तमान विकसित घटनाक्रमबारे छलफल भएको छ ।
पार्टीको केन्द्रिय कार्यक्रम अनुसार रुकुम (पश्चिम) मा संचालन भइरहेको एकीकृत जनदिशा अभियानको मंगलबार जिल्ला पार्टी कार्यालय सदस्य अमृतको अध्यक्षतामा समिक्षा बैठक सम्पन्न भएको हो ।
बैठकमा वर्तमान विकसित राजनीतिक घटनाक्रम, अभियानको प्रभावकारीता र उपलब्धि तथा पार्टीको पछिल्लो कार्यनीतिको बिषयमा जिल्ला पार्टी कार्यालय सदस्य अमृतले बिषय राख्नु भएको थियो । समिक्षा बैठकमा बोल्दै अमृतले पार्टीले संचालन गरेको एकीकृत जनदिशा अभियानले पार्टीको निति ,विचार र कार्यक्रमलाई श्रमजीवी जनताको बीचमा सम्प्रेषण गर्न सफल भएको बताएको विद्यार्थी संगठन अध्यक्ष प्रेमप्रसान्त बोहराले बताए ।
बैठकमा सहभागी अभियान्ताहरुले बैठकमा अभियानको क्रममा प्राप्त गरेका संगठानिक , राजनीतिकका उपलब्धिहरु र अभियानलाई थप , व्यवस्थित , प्रभावकारी र उपलब्धिमुलक कसरी बनाउने भन्ने बिषयमा सल्लाह , सुझाव राखेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्