गणेशमान सिंहको पुस्तक ‘केहि कथा, केहि कविता’ लोकार्पण
फागुन ०७, सल्यान । युवा साहित्यकार गणेशमान सिंहको केहि कथा र केहि कविता लोकार्पण भएको छ । सल्यान खलंगामा एक कार्यक्रमका विच पुस्तक लोकार्पण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागि कर्णाली प्रदेश सभाभा सदस्य साँसद गुलावजंग शाहले विभिन्न क्षेत्रको नेतृत्व राजनीतिले गर्ने भएकाले समाजका व्यथितीलाइ थितीमा राख्नको लागि पनि साहित्यकार जाग्नुपर्ने बेला भएको बताए । उनले समाजलाइ केहि न केहि कसै न कसैले दिनुपर्ने भन्दै साहित्यकारले पनि समाजलाइ चेतना दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह, पुर्व साँसद नेत्रलाल श्रेष्ठ, जिल्ला समन्वय समिती प्रमुख केश बहादुर विष्ट, भूमि समस्या समाधान अयोगका अध्यक्ष लोक बहादुर डाँगी, काग्रेश सल्यानका सभापती गणेश चन्द, पत्रकार महासंघ सल्यानका सभापती प्रतिक इच्छुक शर्मा लगायतले शुभकामना दिएका थिए ।
वीर बहादुर सेजवालले समिक्षात्मक टिप्पणी गरेको कितावमा पहिलो खण्डमा १३ कथा र दोस्रो खण्डमा २७ कविता रहेका छन । कार्यक्रममा सहभागीहरूले साहित्यले पनि समाजमा चेतना दिने भन्दै साहित्यको जगेर्णा गर्नुपर्ने बताएका छन ।
कितावका श्रष्टा तथा समाजवाद अध्ययन केन्द्रका अध्यक्ष गणेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भुम प्रकाश भण्डारीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्