May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
सल्यानमा पूर्व विप्लव पृष्ठभुमीका नेता सिंहले छोडे प्रचण्ड– नेपाल समुह, ( यस्तो छ कारण )

सल्यानमा पूर्व विप्लव पृष्ठभुमीका नेता सिंहले छोडे प्रचण्ड– नेपाल समुह, ( यस्तो छ कारण )

पौष १०, सल्यान । विभाजन उन्मुख भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानका जिल्ला कमिटी सदस्य तथा पूर्व विप्लव नेकपा पृष्ठभुमिका युवा नेता गणेशमान सिंहले आफ्नो धार स्पष्ट पारेका छन । सिंहले बिहिबार देखी नेकपाको केपि ओली समुहमा रहने गरी आफ्नो लाईन स्पष्ट पारेका हुन ।

विप्लव नेतृत्वको नेकपा सल्यान बाट तत्कालिन माओबादीमा प्रवेश गरेका सिंह पार्टी एकिकरण पश्चात पूर्व माओबादीको कोटा बाट जिल्ला कमिटीमा समावेश भएका थिए । पूर्व माओबादी बाट जिल्ला कमिटीमा प्रवेश गरेका सिंहलाई नेकपाको प्रचण्ड नेपाल समुहमै रहनसक्ने प्रचण्ड – नेपाल समुह निकट स्रोतले बताएको थियो ।

सोही आधारमा पौष ०८ गते नयाँ दृष्टिमा प्रकाशित एउटा समाचारमा सिंहलाई प्रचण्ड – नेपाल समुहमा रहनसक्ने बिश्लेषण गरिएको थियो । तर सिंहले नयाँ दृष्टि सँग उक्त बिषयमा खण्डन गरेका थिए । आफु तत्कालिन माओबादी केन्द्रमा प्रवेश गर्दा सल्यान जिल्लाको सन्दर्भमा पार्टी प्रवेश नभएर पार्टी एकता नै भनिएको तर पछि गएर आफुहरुलाई माओबादी नेताहरुले धोका दिएको कारण आफुु अर्काे समुहमा लागेको उनले बताए ।

पार्टी प्रवेशपछि आफु सँग आएका साथीहरुलाई पूर्व माओबादी पार्टीले कतै पनि भुमिका नदिएको र पार्टीका बैठकहरुमा फरक मत राख्दा कतिपय नेताहरु हातपात गर्न समेत तम्सीएकाले अपमान सहन नसकेर सहकार्य तोडेको उनको भनाई छ । केन्द्रमा पनि स्थीरताको संस्कार र सन्देश दिन जे जस्तो भएपनि केपि ओलीको सरकार ५ बर्ष चल्न दिनुपर्नेमा अन्य नेताहरुको सत्ता मोहले ओली सरकारलाई अनावश्यक घेराबन्दी गरिएकोले अहिलेको परिस्थिति निर्माण भएको र यसमा केपि ओलीलाई मात्र दोष दिन नमिल्ने उनले बताए ।

सल्यानमा तत्कालीन विप्लव नेकपाका दोस्रो तहका तथा नेतृत्वको दावेदार मानिने नेता सिंह अध्ययन, लेखन तथा साहित्य सिर्जना मार्फत मासलाई प्रभावित गर्नसक्ने तथा युवाहरुमाझ लोकप्रिय युवा नेता हुन । सल्यान दार्माका सिंहको पछिल्लो समय गाउँको स्थानिय अन्रविरोधले गर्दा दार्मा गाउँपालिका अध्यक्ष तथा नेकपा कर्णाली प्रदेश सदस्य प्रभावसाली नेता निम बहादुर केसी अरुण सँग तिक्ततापूर्ण सम्बन्ध रहदै आएको थियो । उनले सल्यानमा ओली समुहलाई साथ दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पौष १३ गते ओली समुहको जिल्ला भेलामा सिंह पनि उपस्थित हुने नेकपा सल्यानको ओली निकट स्रोतले पुष्टि गरेको छ । पार्टी विभाजन उन्मुख भएपछी नेकपाका नेताकार्यकर्ता नेकपाका २ समुहमा यताउता भैरहेका छन् ।

नेता सिंहले नयाँ दृष्टिलाई दिएको प्रतिक्रिया जस्ताकोतस्तै :

राजनीतिमा यस्तो सिद्धान्तहिन विचारहिन गतिविधिमा कित्ताकाट हुनुपर्छ भन्ने न पहिला अनुभव थियोे न सोचिएको थियो । तर जे पनि हुन्छ राजनीतिमा भनिन्थ्यो हो रैछ । राजनीतिमा, पार्टी, अान्दोलन भन्ने थाहा हुँदादेखि नै क्रान्तिकारी विचार र नेतृत्वको पछाडि कुदियो तर राजनीतिक नेताहरुका बाहिरी देखिने रुप र भित्री स्वरुपमा निकै भिन्नता हुँदो रैछ । बाहिर हुँदा वाहवाह भनेको नेतृत्वसँग संगत गर्दा थाहुँदै गयो नेता भनेका यस्तै हुँदा रहेछन् ।

वैद्य हुँदै विप्लव नेतृत्वको नेकपामा काम गर्दा होस् वा माअोवादी केन्द्र हुँदै डबल नेकपा सम्म अाईपुग्दा सम्म व्यक्तिगत रुपमा धेरै पीडा र राजनीतिक रुपमा कयौं अपमान भोगियो ।

प्रत्येक फागुनमा बागचौरमा हुने कार्यक्रममा हामीहरुको नाम लिएर पार्टी प्रवेश होइन सल्यानमा पार्टी एकता गरियो भने तर व्यवहारमा पूर्ण बेवास्ता गरे । खुल्ला कार्यक्रममा हाम्रो सहयोग माग्ने, सयौं समर्थक जनतालाई अाफ्नो नाचगान कला सहितको सहभागीता गराउँदा मच्चीमच्ची भाषण गर्ने उनै नेताहरुले पार्टी बैठकमा हामीलाई हातपात गर्ने तहसम्मको हर्कतमा उत्रिए ।

अहिले यो बेला धेरै नभनौँ । राजनीतिमा कसैको एकतर्फी सधैं पल्लाभारी नहोला कुनैदिन त्यो पालो अायो भने भन्नुपर्ने हुन सक्छ – के हो क्रान्तिकारी इमानदारीता भनेको, के हो कमरेडली सम्बन्ध भनेको ? के हो कम्युनिस्ट अाचरण भनेको ?

राजनीतिक जीवन यो बेला पानी जसरी बग्दैछ कता हो कता तर अाशा छ एकदिन यसबाट उज्यालो कसरी दिन नसकिएलार ? खडेरी परेका मनहरुमा सिचाइ गर्न किन पो नसकिएला र ?

यो बेला प्रचण्ड, माधव, झलनाथ, नारायणकाजीहरु के को लागि लडिरहेका रहेछन् भन्ने प्रष्टै छ यो विषयमा हतारोमै बढी भनी नहालौँ । नेपाली राजनीतिको शिर्ष स्थानमा भएका नेताहरुको बारेमा अनभिज्ञ त को होला र ?