June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
सल्यान बनगाडका २५ हजार बढी भेडाबाख्रालाई निशुल्क पिपिआर खाेप लगाउन सुरू

सल्यान बनगाडका २५ हजार बढी भेडाबाख्रालाई निशुल्क पिपिआर खाेप लगाउन सुरू

पौष, २४ सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाले २५ हजार वढि भेडाबाख्रालाइ पिपिआर खाेप लगाउने कार्य आजबाट सुरु गरिएको छ ।

नगरका १२ वटै वडाका किसानले पालेका पशु चौपायालाई टाेलमै पुगेर निशुल्क उपचार गर्ने लगिएको पशु शाखा प्रमुख विरमान वुढाकाे भनाइ रहेको छ । पहिलो चरणमा वडा १२, ११, १०, ९ र ८ मा रहेको र त्यस पछि क्रमश अन्य वडाहरुमा याे कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

भेडाबाख्रामा लाग्ने महामारी पिपिआर राेग प्रतीराेधात्मक क्षेमता सम्बन्धि खाेप सञ्चालन नगरले प्रती वर्ष गरिरहेकाे छ ।
शनिवार वनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ काे माझखर्क, भदाले र दुरूमखाेलाका ३ स्थानमा भ्यासन्टर परिचालन गरि वडा अध्यक्ष गाेविन्द डाँगीबाट उद्घाटन गरिएको छ । सबै किसानलाई याे सुविधा लिन वडा अध्यक्ष डाँगीले आग्रह गरेका छन । त्यस्तै आईतबार वडा नं. १० काे थापाचाैर र माझकाडाँमा बिहान ७ वजे देखि खाेप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

सधैं सुगमबाट सेवा दिने विधिको अन्त्य स्वरुप यसपटक भने विकट वस्ति दुरुमखाेलाबाट भेडाबाख्राको लागि उपचार र खाेप सञ्चालन गरिएको छ । यसपटक भने २५ हजार वढि भेडा बाख्रालाई निशुल्क उपचार गरिने भएको छ ।शिविरमा भेडाबाख्रा लगाएत अन्य घरपालुवा पशुचौपायाहरुकाे समेत उपचार गरिने जनाएको छ । दुर्गा विसिले विभिन्न अनलाइनहरूमा यो समाचार लेख्नु भएको छ ।